५ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेललाई मन्त्री बनाउन सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरिएको छ ।
गण्डकी प्रदेशको धौलागिरी क्षेत्रका नेताहरुले प्रचण्डलाई भेटेरै देवेन्द्र पौडेललाई मन्त्री बनाउन माग गरेका हुन् ।
प्रचण्डलाई भेट्न गएका पूर्वविद्यार्थी नेता तथा हाल म्याग्दी सम्पर्क मन्चका इन्चार्ज अर्जुन थापाका अनुसार सो पार्टीको बागलुङ जिल्ला संयोजक ज्ञामनाथ गैरे, म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सम्पर्क मन्चका अर्जुन थापा र देवि शर्मा लगायतको उपस्थिति रहेको थियो ।
थापाका अनुसार सो भेटघाटमा उपस्थित हुन नसकेपनि पर्वत पार्टीका सुदीप कुँवर, सम्पर्क मन्चका इन्र्चाज धर्मागत भुसाल लगायतको पनि समर्थन रहेको बताइएको छ ।

लामो समयदेखि राजनीतिमा क्रियाशील रहि जनयुद्धको विभिन्न मोर्चाको नेतृत्व गरेर आएका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मन्त्री बन्ने अवसर नपाएको भन्दै उनको पक्षमा आवाजहरु बढिरहेका छन् ।
थापाका अनुसार सोहि टोलीले म्याग्दीको विकासका लागि केही लिखित अनुरोध सहित अर्थमन्त्री जनार्दन शर्मा तथा उर्जा एवं सिँचाईमन्त्री पम्फा भुसाललाई भेट गरेका छन् ।
नेकपा (माओवादी केन्द) का म्याग्दी अध्यक्ष गोविन्द पौडेलले म्याग्दीका प्रमुख सडक विस्तार, सिँचाई तथा नदि नियन्त्रण सम्बन्धी कुराहरु उल्लेख गरी बजेटको व्यवस्था गरिदिन माग गरिएको संसारन्युजलाई बताए ।


वि.सं.२०७८ साउन ५ मंगलवार १६:४१ मा प्रकाशित






























