साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नुपर्ने बताएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रको स्थायी समिति बैठकले गठबन्धनले यस्तो कार्यक्रम तय गर्नुपर्ने निर्णय केन्द्रले गरेको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्ववर्ती सरकारभन्दा गठबन्धन सरकारको नीति, योजना तथा कार्यक्रम फरक बनाउनुपर्ने निर्णय बैठकले गरेको बताए । उनका अनुसार गठबन्धनका अन्य साझेदार दलबीच छलफल गरेर कार्यक्रम तय गर्न माओवादीले पहल गर्नेछ ।
यसैबीच बैठकले आगामी सााउन २० गते पार्टीको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । श्रेष्ठले बताएअनुसार बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न बैठक बोलाउन लागिएको बताए ।
यस्ता छन् अन्य निर्णयहरु, हेर्नुहोस् भिडियोमा
वि.सं.२०७८ साउन ६ बुधवार १८:०४ मा प्रकाशित






























