back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोनाबाट थप ३६३ संक्रमित, ३ जनाको मृत्यु

वि.सं.२०७८ साउन ६ बुधवार

816 

shares

६ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज ३ जनाको मृत्यु भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बुधवार नवलपरासीपूर्वमा १ र कास्कीमा १ गरी ३ जनाको मृत्यु भएको हो । बुधवार थपिएका ३ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०४१ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज म्याग्दीमा १८, पर्वतमा ३४, गोरखामा १३, लमजुङमा २१, तनहुँमा ३८, कास्कीमा ११२, वाग्लुङमा ३, स्याङजामा ४६ र नवलपरासीपूर्वमा ७८ जना गरी ३६३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७१ जना महिला र १९२ जना पुरुष रहेका छन् ।

बुधवार थपिएका ३६३ जनासँगै प्रदेशमा हालसम्म ६२ हजार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ५८ हजार ५७४ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल ३१०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा २८११ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयद्धारा जारी विवरणमा उल्लेख छ ।

No photo description available.

 

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा ७ को मृत्यु, ४३८ संक्रमित

 

वि.सं.२०७८ साउन ६ बुधवार १७:३२ मा प्रकाशित

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...