back
CTIZAN AD

किन दिए अमरेशकुमारले सांसद पदबाट राजीनामा ?

वि.सं.२०७८ साउन ६ बुधवार

606 

shares

६ साउन, काठमाडौँ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद् अमरेशकुमार सिंहले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका हुन् । पार्टीभित्रको विवादलाई लिएर सिंहले बुधबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

‘महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशिल सदस्यता वितरण, समायोजना र नविकरणका क्रमा पार्टी भित्र उत्पन्न अवान्छित, अस्वभाविक र भद्धा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध पैदा गरेको’ पत्रमा उल्लेख छ । उनले बुझाएको राजीनामा पत्रमा उपसभापति विमलेन्द्र निधिको गतिविधिप्रति तिब्र आक्रोश पोखिएको छ ।

राजीनामा पत्रमा भनिएको छ ‘खास गरी प्रदेश नं २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गर्नुभएको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको छ । विगत दुई दशकदेखि प्रदेशमा काँग्रेसको एकछत्र नेताका रुपमा निधिको उपस्थ्तिि रहनु र यहि दुई दशकभित्र काँग्रेसको प्रभाव तथा हैसियत हसोन्मुख हुनुलाई संयोग मात्र मान्न सकिँदैन ।’

पार्टीलाई आफ्नो काबुमा राख्ने निहीत उद्देश्यबाट प्रेरित भई नेतृत्व तहकै जिम्मेवार नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान कार्यकर्तामा निराशा बढेको र यसले प्रदेशमा काँग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पैदाभएको भन्दै यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रुपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको बताएका छन् ।

वि.सं.२०७८ साउन ६ बुधवार २०:०६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...