back
CTIZAN AD

कोरोनाका कारण विश्वभरी ४१ लाख १८ हजार बढीको मृत्यु, हेर्नुहोस् कुन देशमा कतिको ज्यान गयो त ?

वि.सं.२०७८ साउन ६ बुधवार

864 

shares

६ साउन, बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।

यस्तो छ संक्रमित हुने र ज्यान गुमाउनेको संख्या

संयुक्त राज्य अमेरिका– तीन करोड ४१ लाख ७४ हजार ७७४ संक्रमित भएका छन् भने छ लाख ९ हजार ५२९ को मृत्यु भएको छ । साथै भारतमा तीन करोड १२ लाख १६ हजार ३३७ संक्रमित भएका छन् भने चार लाख १८ हजार ४८० को मृत्यु भएको छ । ब्राजिलमा एक करोड ९४ लाख १९ हजार ४३७ संक्रमित भएका छन् भने पाँच लाख ४४ हजार १८० को मृत्यु भएको छ । साथै फ्रान्समा ५९ लाख ५२ हजार ३३९ संक्रमित, एक लाख ११ हजार ७१५ को मृत्यु भएको छ ।

त्यस्तै रुसमा हालसम्म ५९ लाख ३१ हजार ९२५ संक्रमित भएका छन् भने एक लाख ४७ हजार ४५७ मृत्यु भएको छ । साथै टर्कीमा ५५ लाख ४६ हजार १६६ संक्रमित तथा ५० हजार ६५० को मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा ५५ लाख ४२ हजार ६३५ संक्रमित र एक लाख २९ हजार १०९ मृत्यु भएको छ भने अर्जेन्टिनामा ४७ लाख ८४ हजार २१९ संक्रमित तथा एक लाख दुई हजार ३८१ ज्नाको मृत्यु । कोलोम्बियामा ४६ लाख ६८ हजार ७५० संक्रमित, एक लाख १७ हजार १३१ को मृत्यु भएको छ भने इटालीमा ४२ लाख ९३ हजार ८३ संक्रमित र एक लाख २७ हजार ८८४ को मृत्यु भएको छ ।

स्पेनमा ४१ लाख ८९ हजार १३६ संक्रमित र ८१ हजार १४८ को मृत्यु भएको छ । साथै जर्मनीमा ३७ लाख ५४ हजार ८४६ र ९१ हजार ४२३ को मृत्यु भएको छ ।
त्यस्तै इरानमा ३५ लाख ७६ हजार १४८ संक्रमित र ८७ हजार ६२४ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियामा २९ लाख ५० हजार ५८ जना संक्रमित भएका छन् भने ७६ हजार २०० जनाको मृत्यु भएको छ । साथै पोल्याण्डमा २८ लाख ८१ हजार ५९४ संक्रमित र ७५ हजार २१९ जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सीकोमा २६ लाख ७८ हजार २९७ संक्रमित र दुई लाख ३६ हजार ८१० जनाको मृत्यु भएको छ भने युक्रेनमा २३ लाख १९ हजार ८८६ संक्रमित भएका छन् भने ५५ हजार २२१ जनाको मृत्यु भएसकेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा २३ लाख ११ हजार ३३२ संक्रमित भएका छन् भने ६७ हजार ६७६ जनाको मृत्यु भएको छ भने पेरुमा २० लाख ९४ हजार ४४५ जना संक्रमित र एक लाख ९५ हजार २४३ जनाको मृत्यु भएको छ । साथै नेड्रल्याण्डमा १८ लाख ४२ हजार ६५३ संक्रमित र १८ हजार ६९ जनाको मृत्यु भएको छ । सिन्ह्वा

वि.सं.२०७८ साउन ६ बुधवार २०:१० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...