Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

लुटेरा व्यवस्था भन्दै विप्लवले भने– बालुवाटार बेच्नेलाई पुरस्कार हामीलाई प्रतिबन्ध ? यो मिल्छ ?



साउन ७, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेकाे संसदीय व्यवस्था लुटेरा खालकाे भएकाे टिप्पणी गरेका छन् । पार्टीकाे अंग्रेजी मुखपत्र रेडफ्रन्ट म्याग्जिनको विमोचन समारोहलाई बुधबार सम्बोधन गर्दै विप्लवले अहिलेकाे व्यवस्थामा सबै तिर लुटपाट मात्रै मच्चिएकाे बताए ।

उनले बालुवाटार बेच्ने संरक्षण गरेर सरकारले आफ्नाे पार्टीलाई बिनाकारण प्रतिबन्ध लगाएकाे बताए । उनले एनसेल काण्डमा सबै मिलेर लुटिएकाे र विराेध गर्ने संगठनलाई प्रतिबन्ध लगाएकाे बताए ।

विप्लवले अहिलेकाे व्यवस्थाकाे विकल्प खाेज्नुकाे विकल्प नभएकाे पनि बताए । अहिले संसदीय व्यवस्था निकै विकृत भएकाे भनाइ विप्लवकाे छ । महासचिव विप्लवले भने – ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन ।’

भिडियाेमा हेर्नुहाेस् विप्लवकाे भनाई


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक