Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

लघुकथा: चक्मा



एकदिन गरिब किसानलाई सम्पती जोड्ने इच्छा भयो, त्यसैले कसैले उसलाई सुझायो ।

‘सम्पती जोड्नेले खाल्डो खन्नुपर्छ !’

त्यसपछि किसान हरेक दिन खेतमा जान्थ्यो । खाल्डो खन्थ्यो । जति पटक खाल्डो खने पनि उसले गड्यौला, भ्यागुतो, सर्प र गँगटा बाहेक केही पाउन सक्दैन थियो । त्यसपछि उसलाई दिक्क लाग्यो । घर फर्क्यो । नेताको घरमा पुगेर सोध्यो ।

‘धनको रास कहाँ पाइन्छ ?’

नेताजी तनावमा थिए । देशको विकासको अतिनै चिन्ता थियो । उनले कुरा बुझाएर भने ।

‘सम्पती जोड्न खाल्डोको गँगटा पुर्नुपर्छ !’

किसान फेरि खेतमा गएर मुसा, सर्प, भ्यागुतोलगायत गँगटाले खनेर प्वाल पारेको ठाउँमा पुर्न थाल्यो । आज पुरिदियो भोलिपल्ट उस्तै नै प्वाल परिरहन्थ्यो । उसलाई अचम्म लाग्यो । हैरान हुँदै घरमा आयो र श्रीमतीलाई सोध्यो ।

‘सम्पती जोड्न के गर्नुपर्छ ?’

‘छि छि लाछी, त्यति नि थाहा छैन ?’

‘थाहा भए कस्ले सोध्थ्यो र ?’

किसान अन्यमनस्क बन्यो । श्रीमतीले उसलाई एउटा टेष्टट्यूव दिई । टेष्टट्यूब बोकेर किसान जताततै सम्पत्ती खोज्न थाल्यो । खोज्दैजाँदा उसले एकदिन न्यायालय भेट्यो । न्यायालयले उसलाई न्याय दिन्छ होला भन्ठानेर नजिकै रहेको न्यायाधीसलाई सोध्यो ।

‘यहाँ टेष्टट्यूब जाँच्न पाइन्छ !’

न्यायाधीसहरूले टेष्टट्यूबमा भएको भएको भ्रुणलाई खुब हेरे र निर्णय दिए ।

‘लौ ! यो त गाडधन रहेछ !’

वकीलहरू स्याल झैं कराउन लागे । न्यायाधीसहरू बर्बराए ।

‘यस बारे विश्वासको मत लिने ठाउँ कहाँ हो, थाहा छ ?’

पूर्पक्षका लागि उनीहरू रस्साकस्सी गरिरहेका थिए । छेउमा एकजना त्रस्त सुकुल गुण्डा गाडधनको महिमा गर्दै थियो ।

‘हरे शिव ! उहिलेको सान र अहिलेको मान देखेर त ताजुब लाग्छ !’

किसान आफुले उहिल्यै गाडेको धन पुर्न फेरि खेतमा पुग्यो तर उसले हल्ला सुन्यो ।

‘टेष्टट्यूको भ्रुण मर्याे रे !’

उसले पुरेको खाल्डो सम्याउँदै गर्दा अर्काे हल्ला पनि सुन्यो ।

‘गद्दारी भयो रे !’

घर फर्केपछि श्रीमतीले किसानलाई जिस्क्याई अनि हाँसिरही । उसको हाँसोमा गृहस्थीको सुखबाहेक केही थिएन तर पनि व्यङ्ग्य छोडिहाली ।

‘निसाफको चक्मा !’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय