Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कविताः पहाडकी रानी म दार्जिलिङ



म दार्जिलिङ
लेख्न नसकिएको
एउटा बिम्ब कविता हुँ ।
कसैले लेख्न नसकेको
आफ्नै व्यथाको कथा हुँ
म दार्जिलिङ ।

कहिल्यै सुल्झिन नसक्ने
अल्झिएको निबन्ध हुँ
म दार्जिलिङ ।
म लुटिएकी छु
म चिथोरिएकी छु
म काटिएकी छु
मेरो मुटु फुटाइएको छ
खोला नाला झोडा
केही न भनी
पाखा पखेरो सम्म
लुटिएकी म
पहाडकी रानी हुँ
म दार्जिलिङ ।

परबुद्धिमा लागेर
सुन्दर धरोहरहरू
मेरो शितलनिवास
न्यानो न्यानो भवनहरू
मेरो सौन्दर्यका गहनाहरू
भत्काई लगेको अनि
दन्किरहेको आगोमा
भष्म भएको
विभत्स दृश्यहरू
म संग सगै रुँदैं
कुइरो पन्छाएर
कन्चनजङ्घाले पनि हेरिरहे ।
तर बर्षा बर्षेन
घाम पनि बादलभित्र
लुकेर बस्यो ।
नविनीकरण गरियो मलाई
परतंत्रको आधारमा
टायल्सै टायल्सले बाँधेर
सुन्दरीकरण गर्ने खेलमा
कानी भएकी
पहाडकी रानी म
दार्जिलिङ हुँ ।

स्वास प्रस्वास लिन नसक्ने गरी
गुम्सिएकी छु म ।
खै त्यो शितल स्वच्छ हावा
खै त्यो चोखो झरनाको पानी
हरियो बन पाखा पखेरो !
म प्यासी हिरणी
दुष्यन्तको तिरको निशाना
रगत पच्छे भई बाँचेकी
कुनै इतिहास लेख्न नसकिएको
कुनै सिमाङ्कन हुन नसकेको
अधुरो मानचित्र
पहाडकी रानी
दार्जिलिङ हुँ म ।

तेरो र मेरोको युद्धमा
तै छाड र मैं छाड गर्दै
बनिएको कंक्रिटको
जङ्गली राजको
म कुरुप भइरहेकी
पहाडकी रानी
दार्जिलिङ हुँ म ।

सधैं पराजित हुने युद्ध
जितेर आउँछु भनी प्रतिज्ञा गर्ने
रणभूमिमा गएका निष्ठावान
योद्धाको प्रतिक्षामा बसेकी
म लालीगुराँस र चाँपको
वरमाला लिएर
आरुबखडाको रातो फूलहरू
बाटोभरी बिच्छ्याएर
युद्ध फत्ते गरेर आउने
विजयी योद्धालाई बरण गरी
राजा बनाउने संकल्प लिएर
लामो प्रतिक्षामा बसेकी
पहाडकी रानी
दार्जिलिङ हुँ म ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय