Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

एनआईसी एशिया बैंकको मोबाइल एपबाटै आइपीओमा आवेदन दिन सकिने



११ साउन, काठमाडौँ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको छ । अब ग्राहकले एनआईसी एशियामा डिम्याट खाता खोलेका, बैंकमा बचत खाता रहेका तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले बैंकको मोबाइल एप मार्फत शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकका अनुसार ग्राहकले एप भित्र रहेको एप्लाई शेयर आइकनमा थिचेपछि शेयर तथा डिवेन्चरमा आवेदन दिने स्थानमा प्रवेश गर्नेछन । आवश्यकता अनुसार त्यसभित्र आईपिओ खुलेका कम्पनीहरू आमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनसक्ने बैंकले जनाएको छ । स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गर्छु भन्ने शर्त प्रमाणित गरेपछि आवेदनमा समिट गरेपछि प्रक्रिया पूरा हुने बैंकले जनाएको छ ।

सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्ना ग्राहकहरूले लाइन बसी आइपीओ फारम बुझाउने झन्झटलाई न्यूनिकरण गर्ने उद्देश्यले अतुलनीय सहजता सहित नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको हो । नयाँ व्यवस्थासँगै अब आईपिओ भर्न बैंकमा लाइन बस्नुपर्ने तथा मेरो शेयरको सर्भर जाम हुने समस्याबाट छुटकारा पाउने विश्वास बैंकले लिएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय