back

दलित मोर्चा होइन बृहत मोर्चा

वि.सं.२०७८ साउन १३ बुधवार

156 

shares
NTC AD
Global IME AD

सामाजिक चिन्तन र सास्कृतिक रुपान्तरण भौतिक भएको पाइदैन। समय, घटनाक्रम र सामाजिक अभियानसंगै क्रमिक सुधार हुँदै जाने विषय हुन् । जसरी बालक जन्मेपछी एकैचोटी वयस्क नभइ बिस्तारै वृद्धि र बिकाश हुने क्रम रहन्छ त्यसरी नै मानवीय चिन्तन र साँस्कृतिक रुपान्तरण समयसंगै परिवर्तन हुँदै जाने हुन्छ। जसको लागि उचित अभियान र सकारात्मक जागरणको आवश्यकता पर्दछ। धनी र गरिब, ठूलो र सानो, टाढा र नजिक जस्ता विषयहरु भौतिक हुन सक्दछन् जसलाइ भौतिकबादी दर्शन र आक्रमक अभियानको मद्दतले छोटो समयमै परिवर्तन गर्न सम्भव देखिन्छ । तर सामाजिक चिन्तन र सास्कृतिक रुपान्तरण परिवर्तनको लागि लामो समयको नियमित र सकारात्मक अभियानको जरुरत पर्दछ ।

हाम्रो समाजको जातीय बिभेदलाइ सामाजिक र सास्कृतिक समस्याको रुपमा औल्याइदै आएको छ। हामीले यो समस्या भौतिकबादी सोचकै तवरले छिनभरमै समाधान गर्ने प्रयत्न गर्दछौ र जागरणको नाममा नकारात्मक अभियान जबरजस्ती चलाउन खोज्दै छौ। हिन्दु धर्मले जातीय विभेद गर्यो भन्ने नाममा हिन्दु धर्म माथी नै प्रहार गर्ने, बाहुन/क्षेत्री समुदायले विभेद गर्यो भन्ने नाममा सम्बन्धित समुदाय प्रती नै आक्रमण गर्ने प्रवृत्ति देखिदै छ। जुन बिल्कुलै गलत, अवैज्ञानिक र नकारात्मक अभियान हो।

कुनैपनी धर्म समुदाय र जातीय पहिचानको उच्च सम्मान गरि सकारात्मक जागरणबाट नै हाम्रो समाजमा देखा परेका सामाजिक र सास्कृतिक खासगरी जातिय समस्या समाधान गर्न सकिन्छ। समाजले ठूलो जात भनेको समुदायमा सकारात्मक अभियानले मानव जाती एक हो, जनावर लाई छुवाछूत गर्दैनौ भने मानवलाई किन अछुत भन्ने ? जस्ता कैयौ प्रस्न खासगरी युवा जमातमा उब्जिएको परिस्थिती छ। मलाइ त फरक पर्दैन समाजले के भन्छ भन्ने सोचमा बदलिइसकेको मनस्थितिलाई थप सकारात्मक जागरणले रुढीबादी समाजलाइ नै परिवर्तन गर्न सक्दछ। तर, विभेद गरेको नाउँमा धर्म र जातिमाथी आक्रमण गर्दै जादा शोषक भनिएको बर्गमाथी पुरानै शैली र नकारात्मक प्रवृत्ति सहितको एकता बढ्दै जान्छ र फरक जाती बिचको द्वन्द्व हाम्रो समाजमा अनन्त काल सम्म रहिरहन्छ।

अतस् समाजलाई समृद्व, समुन्नत र विभेद रहित बनाउनको लागि सकारात्मक अभियानको जरुरी छ। जातीय विभेद अन्त्यको निम्ति दलित मोर्चा होइन बृहत मोर्चाको आवश्यकता छ। जहा समुन्नत समाजको सोच राख्ने सबै जात र समुदायको प्रतिनिधित्व रहनु पर्दछ।

वि.सं.२०७८ साउन १३ बुधवार ०९:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...

लघुवित्त अराजक गतिविधीको चेपुवामा   – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त अराजक गतिविधीको चेपुवामा – ‘ऋणिमैत्रि व्यवहार समाधानको मुल आधार’

लघुवित्त सामाजिक व्यवसाय भएता पनि व्यापारी बन्न पुग्यो र नाफा...

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

संरक्षण र प्रवर्द्धनको पर्खाइमा रूम्जाटारको राडीपाखी

ढाड दुख्नेङ विमारीहरूका लागि राडीपाखी वरदान नै हो। हातले बुनेका...

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

अनलाइन हिंसाको बढी मारमा महिला र बालबालिका

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच...

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

महिलाको वर्तमान अवस्था : प्रगति, चुनौती र अवसर

विष्णु गुरुङ एकता,पोखरा हालैका वर्षहरूमा, समाजमा महिलाहरूले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण...