back

ट्रक र मोटरसाइकल एकापसमा ठोकिँदा दुईको मृत्यु

वि.सं.२०७८ साउन १३ बुधवार

141 

shares
NTC AD
Global IME AD

१३ साउन, दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ साउन १३ बुधवार ११:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

कृषि मूल्य सूचना प्रणाली सार्वजनिक

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले...

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

अदुवा खेतीबाट आम्दानी बढेपछि  किसानको जीवनस्तरनै परिवर्तन

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको...