Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

युगाण्डामा मृत्यु भएका तनहुँका खड्गीका परिवारलाई अफ्रिकाबाट आर्थिक सहयोग



१५ साउन, तनहुँ । गत आषाढ २९ गते कोरोना संक्रमणमा परि युगान्डाको कम्पालामा निधन भएका तनहुँ, भानुभक्त नगरपालिका वार्ड नम्बर–६, सिमपानीका ४७ बर्षिय हिराबहादुर खडगीका परिवारलाई अफ्रिकाबाट आर्थिक सहयोग गरिएको छ ।

एनआरएनए अफ्रिका राहत कोषका तर्फबाट शुक्रबार एनआरएनएका निवर्तमान अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले तीनलाख दशहजार नगद सहयोग खढ्गीका परिवारलाई हस्तान्तरण गरेका हुन् ।

कार्कीले खड्गीको तनहुँस्थित घरमै पुगेर उनकी श्रीमती शुशिला माया खड्कीसहित परिवारलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अफ्रिकामा रहेका नेपालीहरुको तर्फबाट उक्त रकम सहयोग जुटाई सहयोग गरिएको हो ।

एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले कोष र सहयोगिहरुलाई धन्यवाद दिदै उनी कार्यरत कम्पनीबाट समेत सहयोग जुटाउन एनआरएनएले पहल गरि राखेको जानकारी दिएका छन् । कोभिडले अफ्रिकामा मृत्य हुने खड्गी छैटो नेपाली हुन् ।

एनआरएनए अफ्रिका राहत कोषको पहलमा यस अघि पनि अफ्रिकामा कोरोनाले मृत्यु भएकाका परिवारलाई सहयोग गर्दै आएको छ । साथै यसअघि पनि बिबिध कारणले अफ्रिकामा अप्ठ्यारोमा परेका नेपालीहरुलाई कोषले सहयोग गर्दै आएको छ ।

No description available.

कोरोना संक्रमणले अप्ठ्यारोमा परेकालाई खानपिन र औषधी उपचारमा सहयोग, नेपाल फिर्तीको ब्यवस्था लगायतका कार्य अफ्रिकाका नेपालीहरुबाट सहयोग जुटाई गरिरहेको कोषका संयोजक हिक्मत थापाले बताए । उनले सधै झै यस बेला पनि सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई हार्दिक आभार गरे ।

केही महिना अघि मात्र अफ्रिकाका एनआरएनहरुले नेपालका १४ दुर्गम जिल्लाका ३५ अस्पताल र स्वास्थ्यकेन्द्रहरुमा करिब साठीलाख बराबरको अक्सिजन सिलिन्डरहरु तत्काल पुर्याइ कोरोना संक्रमितहरुको उपचारका लागि महत्वपूर्ण सहयोग गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय