Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

बरामद गरेको सुन र पैसामा अनियमितताको आरोप



१५ साउन, डोटी । जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ ।

प्रहरीले गत फागनुमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो ।

पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैसाका विषयमा आधारिक जानकारी दिन माग गरेका छन् ।

केआइसिंह–६ भिताणी गाउँबाट कूल एक किलो १०० ग्राम पक्राउ गरिएको सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक नगरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका सञ्चारकर्मी प्रकाश बमले बताए ।

जिल्ला प्रहरी कार्यालयको टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिलेसम्म सार्वजनिक नगरेको सञ्चारकर्मी केशवचन्द्र महराले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो ।

प्रहरीले काली र उनका भतिजालाई एक दिन हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छाडेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पक्राउ गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेका जनाएको छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाइएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय