Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

गण्डकी प्रदेशमा आज पाँच कोरोना संक्रमितको मृत्यु, ४६७ संक्रमित



१५ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार ५ जनाको मृत्यु भएको छ ।प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा बिहीवार कास्कीका ३ जना र स्याङजाका २ सहित पाँचजनाको मृत्यु भएको हो ।
आज थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या १०८८ पुगेको छ ।

त्यस्तै प्रदेशमा आज मनाङमा २, म्याग्दीमा ३, पर्वतमा ६, गोरखामा ६०, लमजुङमा ४०, तनहुँमा ५, कास्कीमा २०२, वाग्लुङमा १९, स्याङजामा २६ र नवलपरासीपूर्वमा १०४ जना गरी ४६७ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २१९ जना महिला र २४८ जना पुरुष रहेका छन् ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार बिहीवार थपिएका संक्रमित मध्ये सबैभन्दा बढी कास्कीमा २०२ जना नयाँ संक्रमित थपिएका हुन् ।
बिहीवार थपिएका ४६७ जनासँगै प्रदेशमा हालसम्म ६७ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६१ हजार ४२६ जना निको भइसकेका छन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ४६६९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४४११ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

No photo description available.

गण्डकी प्रदेशमा पर्बतका ६ सहित थप ९ कोरोना संक्रमितको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय