Logo
७ आश्विन २०७८, बिहीबार
     Thu Sep 23 2021
Logo

कविता: हाम्रो यही हो घर



लेखेँ यो कविता सफा हृदयले, भित्री मनैको सुनी
हाम्रो जन्म थलो सुरम्य जननी, सौभाग्य हाम्रो गुणी ।
मैत्रीभाव यहाँ भएर सबको, मिल्ने अनेकौं थर
यो हो सिक्किम स्वर्ग शान्त जननी, हाम्रो यहीँ हो घर ।१।

माथामा सुकिलो हिमाल रहने, श्रीपेच राम्रो बनी
फुल्दै छन् बनमा गुराँस भरिला,सौन्दर्यका हौं धनी ।
मोती झैं झरना झरेर दहमा,टल्के अहा ! सुन्दर
यो हो सिक्किम स्वर्ग शान्त जननी, हाम्रो यहीँ हो घर ।२।

गुम्बा मन्दिरमा र चर्च सबमा,गर्छौं सधैँ अर्चना
आमा बाबु र दाजु –भाइ सबको, पक्का छ सद्भावना ।
हाम्रो संस्कृति सम्पदा सब मिली, छानेर राख्छौँ वर
यो हो सिक्किम स्वर्ग शान्त जननी,हाम्रो यहीँ हो घर ।३।

गर्छौं साफ सदा सखार जननी, लाएर राम्रो मन
बारी खेत सबै छरेर मलले, फल्दै छ अट्टे झन ।
गाईको मलमा हलक्क बिरुवा बाला झुल्यो सुन्दर
यो हो सिक्किम स्वर्ण शान्त जननी,हाम्रो यहीँ हो घर ।४।

डाँफे छन् बनमा सुगा तल–तलै, रङ्गीबिरङ्गी थरी
झाडीमा मसिना मिलेर लयमा,संगीत भर्छन् चरी ।
टिष्टा रंगित बग्दछन् कलकली, संगीत यो सुन्दर
यो हो सिक्किम स्वर्ण शान्त जननी, हाम्रो यहीँ हो घर ।५।

छन्द: शार्दूलविक्रीडित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको

काठमाडौं । केही समयदेखि विप्लव निकट कर्मचारी संगठनको नेतृत्व गरेका त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु नेकपा

गुल्मी । नेपालका पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल आजभोली माओवादीका विभिन्न कार्यक्रममा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालले पाएको पदको विषय