साउन १६, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।
संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।
यससँगै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट यादवले नेतृत्व गर्ने पक्का भएको छ । दलको नेता चयन गरेसँगै जसपा अब मन्त्रीहरूकाे पनि टुंगाे लगाउने तर्फ लाग्नेछ ।
वि.सं.२०७८ साउन १६ शनिवार १६:१७ मा प्रकाशित






























