back

एनआरएनए जापानको निर्वाचनः ३६१५ मत फर्जि हालिएको भन्दै उम्मेदवारहरुद्धारा नै छानविनको माग

वि.सं.२०७८ साउन १७ आइतवार

132 

shares
NTC AD
Global IME AD

१ अगस्त, कमाठमाडौं । एनआरएनए जापानको दशौं अधिवेसनको निर्वाचनमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरिएको छ ।
जापानको एनआरएनए निर्बाचनमा पुर्ण नियोजित रुपमा धाधली गरि बिभिन्न देशहरुबाट काल्पनिक मत हालिएको उम्मेदवारहरुले दाबी गरेका छन् ।

उम्मेदवारहरुका अनुसार जापानको निर्बाचनमा काल्पनिक रुपमा काठमाण्डुबाट २६३ मत, पोखराबाट ११ मत, भारतबाट ४०२ मत, टोकियोबाट १०५४ मत, आईचीबाट १११ मत, फुकुवकाबाट १०१८ मत, ओषाकाबाट ४८८ मत, साईतामाबाट ४१ मत गरि जम्मा ३६१५ मत नक्कली हालिएको निर्बाचनका प्रतिस्पर्धीहरुले दाबी गर्दै एनआरएनए आईसिसि, एशिया प्याशिफिक क्षेत्र र जापानको निर्बाचन समितिलाई निर्बाचन नै बदर गर्न माग गर्दै सप्रमाण निबेदन दिएका छन् ।

उम्मेदवारहरुले एनआरएनए अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष भबन भट्ट, महासचिब हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, एशिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ, निर्बाचन समितिका संयोजक नेत्र बिक्रम भन्डारी, उच्चस्तरीय छानबिन समिति तथा एनआरएनए जापानका अध्यक्ष राजन प्रधानाङ्ग, पारश पोखरेल (संयोजक अध्यक्ष मण्डल तथा डिआरसि एनआरएनए आईसिसि) तथा अध्यक्ष मण्डलका सदस्यहरुलाई निर्बाचनमा धाधली भएका सबै प्रमाण पनि निबेदनसँगै दिएका हुन् ।

उनीहरुले एनआरएनए जापानको दशौ अधिबेसनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंगबाट गरिएको हुनाले विस्वासिलो आईटी बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याएपछि मात्र निर्बाचन परिणाम घोषणा गर्न माग गर्दै ३६१५ नक्कली भोट हालिएको प्रमाण पनि पेश गरेका छन् । निबेदकहरुले ११०० मतदातालाई भोट हाल्न ईमेल र मेसेज नै नपठाएको पनि बताएका छन ।

निर्बाचन समितिलाई उम्मेदवारहरुले दिएको निबेदन जस्ताको तस्तै
श्रीमान अध्यक्ष मण्डल ज्यु
गैर आवासिय नेपाली संघ जापान
बिषय ः–एनआरएन जापानको दशौ अधिबेशनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंग बाट गरिएको हुनाले विस्वाशिलो आई टी को बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोषणा गरि पाउ भन्ने सम्बन्धमा ्र ३६१५ भोट नक्कली भोट हालिएको प्रारम्भिक आइटि रिपोर्ट संलग्न राखेको छु्र
महोदय
उपरोक्त सम्बन्धमा मिति २०२१ जुलाई ३० तारिखको दिन बिहान १० बजे देखि साझ ८ बजे सम्म भएको भनिएको निर्बाचनमा अस्वस्थ, कम्युटर सेटिंग तथा एकै कम्युटरबाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा कम्युटरलाई दुरुपयोग गरि सिस्टम बनाई योजनाबद्द् रुपमा भोट हालिएको, निर्बाचनमा कम्प्युटरको आइ पी नम्बर चेक गरि हेर्दा एउटै कम्युटरबाट १० देखि ६८३ भोट सम्म अटोमेटिक रुपमा हालिएको त्यसमध्ये जापान बाहिर देश इन्डियाको उडिसा सिटीबाट ४०२ भोट, नेपालको काठमाडौँ सिटिबाट २६३ भोट, नेपाल को पोखरा सिटीबाट ११ भोट, साथै जापानको फुकुओका सिटीबाट १०१८,ओसाका सिटीबाट ४८८,आइची सिटीबाट १११,चिबा सीटीबाट ३४ भोट टोक्यो सीटीबाट १०५४ गरि मुख्य रुपमा ३६१५ भोट कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाण यसै साथ संलग्न राखेका छौं । निर्बाचन समितिबाट पहिल्यै बिबादमा आएको १,७०० भोट को को रि ट्रायल पनि नगरीएको र र मिति २०२१ जुलाई ३० मा भोटर हरुलाइ भोट गर्ने आमन्त्रण मेसेज पठाउदा १,१०० सय मेसेज पनि नपठाई मतदाता समेतको हकअधिकार हनन गरेको हुनाले हिजो भनिएको निर्बाचन खराब नियत राखी पूर्ब योजना पूर्बक बैज्ञानिक प्रबिधिलाइ दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन् नदिई एनआरएनए जापानमा पहिल्यैदेखि मौलाई रहेको आर्थिक हिनामिना.अपचलन, भ्रष्टाचारअपारदर्शीको निरन्तरताको लागि गरिएको छ । यो षडयन्त्रपूर्ण निर्बाचनको परिणाम बिधि पूर्ण रुपमा नियोजित गैर कानुनी ढाट र छलपुर्बक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट हिजो भएको निर्बाचनको सम्पूर्ण प्रक्रियाको यथोचित छानबिन गर्ने एक प्रबासी नेपालीहरुले विश्वास गर्न सकिने विश्वासिलो भरपर्दो एनआरएनएलाइ माया गर्ने अग्रजहरुको नेतृत्वमा कम्प्युटर सम्बन्धि बिज्ञहरु समेत राखी पारदर्शी छानबिन गरि यथार्थ सत्य तथ्य बाहिर ल्याउन साथै सो पश्चात मात्र सत्य तथ्य निर्बाचन परिणाम घोषणा गर्न हामी निम्न लिखित सम्पूर्ण उम्मेदवारहरु हार्दिक अनुरोध गर्दछौ ।
नियोजित कथित निर्बाचन एउटा धोका हो यो बिहारी शैलीमा गरिको मजाक बाहेक अरु केहि होइन,यस सम्बन्धमा सप्रमाण पेश गरेका छौ यथाशीघ्र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य प्रबासी नेपाली माझ ल्याउन हामी हार्दिक आग्रह गर्दछौ ।
निवेदक उम्मेदवारहरु
डा.बलराम श्रेष्ठ – आ ई सी सदस्य
(निवेदक संयोजक)
राम हरी पुडासैनी आइ सिसि सदस्य
अनिता गुरुङ–अध्यक्ष उम्मेदवार
नरेन्द्र कुमार–बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
किरण बर्मा–अध्यक्ष उम्मेदवार
सरोज खत्री–अध्यक्ष उम्मेदवार
छत्र दाहाल–ब.उपाध्यक्ष उम्मेदवार
बिष्णु प्रसाद घिमिरे–उपाध्यक्ष उम्मेदवार
जिबन कुमार गुरुङ–उपाध्यक्ष उम्मेदवार
बाल कृष्ण कंडेल (हिमाल) –उपाध्यक्ष उम्मेदवार
बिकाश बस्नेत –उपाध्यक्ष उम्मेदवार
टिकाराम कंडेल–उपाध्यक्ष उम्मेदवार
बुद्दी राज घिमिरे –उपाध्यक्ष उम्मेदवार
कालिका थापा महिला–उपाध्यक्ष उम्मेदवार
टिकाराम खरेल–महासचिव उम्मेदवार
कृष्ण प्रसाद खनाल–कोषाध्यक्ष उम्मेदवार
सचिन श्रेष्ठ–कोषाध्यक्ष उम्मेदवार
राजेश खनाल–युवा संयोजक उम्मेदवार
राम प्रसाद शर्मा धनपति (रामु ढकाल) सदस्य उम्मेदवार
राजु पनेरु –सदस्य उम्मेदवार
सुरेश सापकोटा (सुनिल)–सदस्य उम्मेदवार
राम बहादुर खत्री (अर्जुन केसी) –सदस्य उम्मेदवार
फडिन्द्र पहाडी–सदस्य उम्मेदवार
रामु कंडेल– सदस्य उम्मेदवार
थम बहादुर क्षेत्री– सदस्य उम्मेदवार
कृष्ण बहादुर थापा–सदस्य उम्मेदवार
तारा बहादुर कार्की–सदस्य उम्मेदवार
बिनय गुरुङ–सदस्य उम्मेदवार
मन्जु गिरी–सदस्य उम्मेदवार
बोधार्थ –
१.ड़ा.नेत्र भण्डारी–निर्बाचन समिति
२.श्री भबन भट्ट–अनुगमन समिति संयोजक जापान एन आर एन तथा पुर्ब आ सिसि अध्यक्ष
३.श्री महेश श्रेष्ठ– कोशाध्यक्ष आइ सिसि एनआरएनए
४.श्री रोविन्द श्रेष्ठ गोबिन्द आर सी, एसिया प्यासिफिक
५.श्री पारश पोखरेल–संयोजक अध्यक्ष मण्डल तथा डी आर सी एसिया प्यासिफिक
६.श्री राजन प्रधानाङ्ग –संयोजक उच्चस्तरीय छानबिन समिति तथा पुर्ब अध्यक्ष एन आर एन जापान
७.श्री कुमार पन्त–अध्यक्ष एन आर एन ए
८.श्री हेमराज शर्मा महासचिव एन आर एन ए
९.श्री ओम गुरुङ –अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
१०.श्री रोशन केसी–अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
११.श्री नारायण सुबेदी–अध्यक्ष मण्डल सदस्य तथा आई सिसि सदस्य
१२.श्री शालिक राम भण्डारी –अध्यक्ष मण्डल सदस्य

 

वि.सं.२०७८ साउन १७ आइतवार १४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...