२ अगस्त, फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीता खनाल थापा निर्वाचित भएकी छन् ।
जुलाई १ मा सम्पन्न निर्वाचनमा खनालले २४८ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी मीन बहादुर श्रेष्ठले २१० मत प्राप्त गरेका थिए ।
त्यसैगरी समितिको आइसिसि सदस्यमा एक बहादुर मल्ल र अमर बहादुर भण्डारीले २२५ बराबरी मत ल्याएका छन् ।
समितिको उपाध्यक्षद्धयमा लोक बहादुर पुन र शिवराम भण्डारी, महासचिवमा दिलिप गुरुङ, सचिवमा कमल बिक्रम के.सी,कोषाध्यक्षमा टिकादत्त अधिकारी, सहकोषाध्यक्षमा महेश्वर शर्मा, युवा संयोजकमा उमेश बञ्जरा, महिला संयोजकमा पार्वती खड्का अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै समितिको सदस्यमा सुमित्रा थापा, सुजिता सिटौला भट्टराई, मान बहादुर सेन्चुरी, राजेन्द्रबाबु श्रेष्ठ र लक्ष्मण मल्ल निर्वाचित भएका छन् ।
वि.सं.२०७८ साउन १८ सोमवार १४:१२ मा प्रकाशित





























