back
CTIZAN AD

एमालेमा नयाँ प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

वि.सं.२०७८ साउन २५ सोमवार

606 

shares

साउन २५, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले पार्टीको विधान संशोधनको प्रस्ताव पारित गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

स्थायी समितिले पारित गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गरिने छ । प्रस्तावमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

प्रस्तावित विधान पारित भएमा अध्यक्ष, महासचिव र केन्द्रीय सदस्यहरु मात्रै निर्वाचित हुनेछन् । हालको विधानमा एमालेमा अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिव निर्वाचित हुने प्रावधान छ।

एमालेले आठौं महाधिवेशनदेखि बहुपदीय संरचनाको अभ्यास गर्दै आएको थियो । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी निर्वाचित भएका थिए ।

विधान पारित भएमा एमालेमा वरिष्ठ नेता रहने प्रचलन पनि रहनेछैन् । साथै पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य पनि रहने छैनन् ।

एमालेमा देखिएको विवादलाई आफुँ अनुकुल बनाउँदै लगेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो कदमसँगै शक्तिलाई थप केन्द्रिकृत गर्न खोजेको देखिन्छ । विधान पारित भएमा माधवकुमार नेपाल पक्ष थप वैधानिक रुपमै कमजोर बन्ने स्थिति छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:५८ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...