back
CTIZAN AD

एनआरएनए नाइजेरियाद्धारा कल्याणकारी कोषको स्थापना, मेलाम्चीका बाढी पीडितलाई सहयोग पठाउने

वि.सं.२०७८ साउन २५ सोमवार

561 

shares

९ अगस्त, लेगोस, नाइजेरिया । गैरआवासिय नेपाली सङ्घको आठौं साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिको आइतवार सम्पन्न प्रथम बैठकले नेपाल र नाइजेरियामा परिपकारी कार्य गर्न एनआरएनए नाइजेरिया कल्याणकारी कोषको स्थापना गरि आर्थिक संकलन कार्यको बैठकबाटै थालनी गरेको छ ।

बैठकले यो कार्यकालमा ‘ एक एनसीसी एक परियोजना’ अन्तर्गत सातौ नेपाल प्रोजेक्ट समेत सम्पन्न गर्न एक समिती गठन समेत गरेको छ । यसअघि संघले कैलाली, खोटाङ, मकवानपुर, सुनसरी, रसुवा र चितवनका स्कुलहरुमा यो परियोजना अन्तर्गत स्कुलका छात्राबास, पुस्ताकालय, प्रयोगशाला र कक्षा भवनका लागि भवनहरु निर्माण गरिसकेको छ ।

संघले तत्काल मेलम्चीको बाढीका कारण पीडित भएकाहरुका लागि मानविय राहत सहयोग पठाउने समेत निर्णय गरेको छ ।

त्यस्तै लेगोसस्थित असहाय बालबालिका केन्द्रलाई सहयोग गर्ने र कोभिडले स्थगन भएको नियमित रक्तदान कार्यक्रमलाई पुन सुचारु गर्ने निर्णय गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकमा सस्थापक अध्यक्ष एब संरक्षक हिक्मत थापा, सल्लाहकार हिमा खडका, आइसीसी सदस्य बिश्वास पौडेल, उपाध्यक्ष अभिषेक मान सिंह र महासचिव सोमेश अर्यालले आ–आफ्ना धारणाहरु राखेका थिए ।

वि.सं.२०७८ साउन २५ सोमवार १५:५३ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...