back
CTIZAN AD

बाढीले बगाएका ९७ घर पुनःर्निर्माण

वि.सं.२०७८ साउन २७ बुधवार

672 

shares

२७ साउन, बलेवा । गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ ।

झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले काम अघि बढाइएको स्थानीय पीडित लालमाया घर्तीले बताए । सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम पर्खिएकामा नगरपालिकाले विलम्ब भएको भन्दै दामासाहीले पीडितहरुलाई अनुदान उपलब्ध गराएर घर निर्माण गर्न लगाएको हो ।

बाढी–पहिरापछि दाताहरुबाट सङ्कलित झण्डै रु दुई करोड ४६ लाख सहयोग र नगरको बजेट समेतबाट ९७ पीडित परिवारका घर निर्माणको काम थालिएको नगरप्रमुख देवकुमार नेपालीले बताए । बाढी र पहिराका कारण विस्थापित १३० परिवार घर पूर्ण क्षति भएकामा ९० घरपरिवारले धमाधम घर बनाइरहेका छन् । आंशिक क्षति भएर पनि बस्न नमिल्ने अवस्थामा रहेका सात घर पनि प्राप्त भएको रकमले बन्दैछ ।

“प्रत्येक घरका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएका छौँ, सोही रकमबाट उहाँहरु घर बनाउँदै हुनुहुन्छ”, उनले भने, “सरकारले दिने भनेको अनुदानमा प्रक्रिया पुर्याउनै कठिन भएकाले तत्कालको समस्या टार्नेतर्फ लाग्यौँ ।”

“एकपटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यतिले घर बन्दैन, नाक र कानमा लगाएको सुन बेचेरै भए पनि घर बनाउँदैछु”, वडा नं.९ बोबाङकी पीडित लालमाया घर्तीले भने, “उता बाढी यता पहिराको डर, छिमेकीको जग्गामा घर बनाउन लागेकी छु, त्यो पनि उधारोमा जग्गा लिएर ।”

सरकारले सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रमा बाढी–पहिराका कारण पूर्ण क्षति भएका घरका लागि रु चार लाख अनुदान दिने नीति बनाएकोे थियो, जस्मा मनसुनजन्य विपत् प्रभावित पुनर्निर्माण पुनस्र्थापना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागिमा मात्रै अनुदान दिने व्यवस्था छ । सो नीतिअनुसार स्थानीय तहले प्रक्रिया पुर्याउन नसक्दा अनुदान उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“असारको अन्तिममा बजेट आयो, फ्रिज नहुने बजेट हो”, उक्त कार्यालयका सूचना अधिकारी गणेश गौतमले भने, “प्राविधिकले अध्ययन गरेर सूची तयार पार्ने र एप्लिकेशनमा प्रविष्ट गर्ने काम गर्नुभएको छ, सोहीअनुसार अनुदानको कार्यक्रम अघि बढ्छ” ।

बडिगाड गाउँपालिकाका ३१ लाभग्राहीको भुक्तानी प्रक्रिया सुरु भएको छ । दुई पालिकाबाहेकका पालिकाका पीडितहरुको फाइल तयार गर्न स्थानीय तहले ढिलाइ गरेका कारण अनुदान रोकिएको उनले भने ।

नगरपालिकाले पनि अनुदानका लागि एप्समार्फत भर्नुपर्ने विवरण भरेर फाइल तयार गरेको छैन । गत वर्ष भदौ १७ गते भुजीखोलामा आएको बाढी–पहिराबाट २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।

वि.सं.२०७८ साउन २७ बुधवार १७:५० मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...