१२ अगस्त, बेल्जियम । नेकपा (माओवादी केन्द्र) को बेल्जियमस्थित भातृसंगठन नेपाली नेपाली जनप्रगतिशिल मंच बेल्जियमले जित बहादुर लामाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नेकपा माओबादी बिदेश बिभाग अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यता, जनप्रगतिशिल मंच युरोपका अध्यक्ष सुरेन्द्र भुसालको विशेष आतिथ्यता तथा सचिव पवन सुवेदी र चित्र सुबेदीको संयुक्त सन्चालनमा अगस्त ८ का दिन सम्पन्न मंचको बैठकले ६१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
जित लामाको नेतृत्वमा गठन गरिएको उक्त कार्यसमितिको सचिवमा पवन सुवेदी रहेका छन् भने सदस्यहरुमा वीर मान घर्तिमगर, प्रकाश पौडेल, चित्र सुवेदी, कृष्ण पौडेल, लोक दाहाल, शुष्मा भुसाल, कृष्ण तिवारी, भिम सुवेदी, कल्पना मगर, निर्मला अधिकारी बजगाईँ, सुदेश मनि पोख्रेल, टीका राम पौडेल, अर्जुन अधिकारी, डिल्लीराम भण्डारी, दुर्गा प्रसाद सुवेदी, होम गुरुङ, लोक बहादुर नेपाली, गंगा शर्मा, शुसिला खतिवडा, मानिस गुरुङ, लिलाधर पन्त, ठाईला चाम्लिङ, अर्जुन बाबू तिवारी, भरत पन्त, दिल निसानी मगर, घनश्याम शर्मा, ज्ञानेन्द्र घिमिरे, कर्ण बि क, खेम न्यौपाने, खिम न्यौपाने, कृष्ण सुनार रहेका छन् ।
त्यसैगरी लक्ष्मी सापकोटा पाण्डे, बिनोद महर्जन, मख्खन नेपाली, मीन गुरुङ, प्रशान्त श्रेष्ठ, रबिन श्रेष्ठ, रामचन्द्र सुवेदी, साबित्री गिरि, समिता सुवेदी, सरस्वती सुवेदी, सुजन ढकाल, सुमन शर्मा न्याउरे, रमेश दाहाल, साधना बोहरा, श्याम बुढा, लक्ष्मी बहादुर महर्जन, चित्र सिंह, धर्म पाठक, रश्मि न्यौपाने, देवराज पौडेल, तेज अर्याल, श्याम प्रसाद ढकाल, दिपक के सि, आङ दावा शेर्पा, गिता सिम्खडा, रन्जित राना, हरि माया तामाङ र पदम बानिया पनि कार्यसमिति सदस्यमा चयन भएका छन् ।
सोहि बैठकले जनप्रगतिशिल मंचको सदस्य नवीकरण तथा बितरण दुई महिनाभित्रमा सम्पन्न गर्ने र अगामी जनवरी सम्मामा अधिबेशन गर्ने कार्यतालिका र जिम्मेवारी समेत तोकेको छ ।
उक्त बैठकमा प्रमुखअतिथि युवराज चौलागाईंले नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा बताउँदै प्रवासबाट खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पारेका थिए ।
एनआरएनए निर्वाचनमा उठेका प्रश्नका विषयमा गम्भीर छलफल
उक्त बैठकमा जनप्रगतिशील मन्च र एनआरएनए बेल्जियमको निर्वाचनको बारेमा उठेका प्रश्नका बारेमा गम्भीर छलफल गरी महत्वपूर्ण निर्णय गरिएको पनि अध्यक्ष जित लामाले बताएका छन् ।
बैठकले एनआरएन बेल्जियमको निर्वाचनको दिन आन्तोर्पेन बुथमा घटेको घट्नाको बारेमा अहिलेसम्म उपलब्ध सूचना प्रमाणको आधारमा गम्भीर छलफल गरि सो घट्नाको निन्दा गर्दै भत्र्सना गरेको छ ।
सो घटना मतदाता नामावलीमा नाम नभएकाहरुले मतदान गर्न नपाएको भनि असन्तुष्टि जनाइरहेका समुहको मनोबिज्ञानलाई गलत प्रयोग गरि उच्छृंखल ब्यक्तिहरुको घुसपैठमार्फत् घटना घटाएको देखिएको भन्दै मंचले ती व्यक्तिहरुलाई कानुनी कारवाहीको लागि सहयोग गर्ने र भविष्यमा यस्ता ब्यक्तिहरुप्रति सचेतपूर्वक व्यवहार गर्ने प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ ।
वि.सं.२०७८ साउन २८ बिहीवार १४:४६ मा प्रकाशित





























