२९ साउन, काठमाडौँ । नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा प्रहरीले धरपकड गरेको छ ।
शिक्षकका पेशागत मुद्धालाई लिएर आयोजना गरिएको प्रधानमन्त्रीको कार्यालय घेराउ कार्यक्रमका क्रममा रहेका शिक्षक संगठनका नेताहरुलाई टंगालस्थित टंगाल माध्यमिक विद्यालय भित्रै पसेर गिरफ्तारी गरेको हो ।
पक्राउ पर्नेमा शिक्षक नेताहरु कार्यबाहक अध्यक्ष पुर्ण दवाडी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेल महासंघका महासचिव लक्ष्मी किशोर सुबेदि, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संघका महासचिव सोमनाथ गिरि, एनटिओका महासचिव रमेश रुपाखेती लगायत रहेका छन् ।
त्यसैगरी मेघनाथ यादव, झंक चौलागाई, कुमार बजगाई, जमुना कुँवर, अन्नत पन्त, पुष्प न्यौपाने, बाबुहरि मरासिनी, भिम पोखरेल, दिवसबाबु पोखरेल, भेषराज शर्मा, डि.पी लामिछाने, बिना देउजा, राजेन्द्र पौडेल, लक्ष्मी किशोर सुवेदी, यम.पी भुसाल, पूर्णप्रसाद भुसाल, पूर्ण प्रसाद दवाडी, शेरबहादुर अधिकारी, राजन अमगाई, छायाँ रेग्मी, बासुदेव खनाल, कमल दिन मियाँ, रामप्रसाद रिमाल गिरफ्तारीमा परेका हुन् ।
यसैगरी रेखा अर्याल, विमला भण्डारी, नारायण गौतम, राजेन्द्र महरा, प्रदिप श्रेष्ठ, राजुप्रसाद घिमिरे, राजेन्द्र बर्तौला, गणेश हुमागाई, लोक बहादुर जिम्बा, अनिता थापा, राजु गौतम पनि पक्राउ गरिएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार उनीहरुलाई कमलपोखरी प्रहरी अन्तर्गत मालीगाउँ बृतमा राखिएको छ ।
प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका ३४ बुँदे माग माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि आन्दोलनरत छ।
वि.सं.२०७८ साउन २९ शुक्रवार ११:३१ मा प्रकाशित































