back
CTIZAN AD

बाढीमा परी टर्कीमा २७ को मृत्यु

वि.सं.२०७८ साउन २९ शुक्रवार

657 

shares

२९ साउन । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।

राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरु भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १६:१४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...