Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

पाँच मुक्तक




बडेभाइ रिझाउन गिटी ढुङ्गा पठाएर बस
उनकै सेवा टहलमा लाटाबुङ्गा खटाएर बस
सीमा सारुन् मान्छे मारुन् बोल्नैहुँदैन हामीले
तुइन काटेर मारे पनि मुर्चुङ्गा बजाएर बस ।


ढुङ्गा माटो पानी माग्न धाउँछ सालो छिमेकिको
अनेक रुपमा माग्नै आउँछ बृद्ध बालो छिमेकीको
हाकाहाकी मान्छे मार्दा पनि चुपचाप बस्ने हो र ?
सहन सम्म सह्यौं अत्याचार अब पालो छिमेकिको ।


सून्यबाट सुरु भएर अस्तित्व बोध गराउँछ
तृष्णाका मोहिनी फाँटमा स्वयमलाई चराउँछ
शून्यका माझ लडेर जिन्दगीको महाभारत
जिजीविषाको पीडा त्यागी सून्यमा नै हराउँछ ।

जिन्दगी यो पिउँदा पिउँदै रित्याउँदै छु म
मिसिएको तेल र पानी छुट्याउँदै छु म
भुतहरू खेलाउने नियन्त्रक छ र कोही ?
जिन्दगीको रहस्य यो कोट्याउँदै छु म ।


बाल्यकाल गट्टासंग खेल्दै बिते दिनहरू
जवानीमा ठट्टासंग खेल्दै बिते दिनहरू
अवस्था अनुसारको खेल रहेछ जिन्दगी
गुजुल्टेका लट्टासंग खेल्दै बिते दिनहरू ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।