३० साउन, लम्जुङ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले यहाँका बाढीपहिरापीडितलाई रु साढे चार लाख आर्थिक सहयोग गरेको छ ।
सो कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेँसीका छ घरधुरी गरी ३० घरधुरीलाई आज उक्त रकम सहयोग गरेको हो ।
दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराललगायतले प्रतिपीडित परिवार रु १५ हजारका दरले हस्तारन्तरण गर।ेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले यहाँका बाढीपहिरापीडितका लागि आवास पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताए ।
वि.सं.२०७८ साउन ३० शनिवार १५:२० मा प्रकाशित






























