साहित्यकार, गीतकार तथा गायिका चन्द्रावती वाग्लेले ‘आउ सँगै रमाइलो गरौं’ भन्ने तीज गीत सार्वजनिक गरेकी छन् ।
महिला मिलन आमा समूहको आयोजना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीको प्रमुख आतिथ्यतामा हालै सम्पन्न एक कार्यक्रममा वाग्लेको उक्त गीत सार्वजनिक गरिएको हो ।
नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोले निर्माण गरेको उक्त तीजगीतमा शब्द, स्वर तथा लय गायिका वाग्लेको रहेको छ भने एरेन्ज साहिल गायकले गरेका छन् ।
वाग्लेको उक्त गीतमा पत्रकार आरजु विष्ट, सल्यानी र भावना पन्तले अभिनय गरेका छन् भने सामुहिक रुपमा अन्य दिदीबहिनीको उत्कृष्ट नृत्य रहेको छ ।
त्यसैगरी छवि सुवेदीको निर्देशन, सुरेश भुर्तेलको भिडियो छायांकन, सुरेश भुर्तेलको सहछायांकन, सुनिता अधिकारीको मेकअप रहेको उक्त गीतको रेर्कडिङ, मार्केटिङ र युट्युव प्रवद्र्धनको नमस्ते पोखरा ब्रोडकास्टिङले गरेको छ ।
उक्त सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पंगेनीले विषम परिस्थितिमा श्रष्टाले सिर्जनाको काम गर्नु मौलिक परम्पराको पक्षमा उभिनु असल कार्य रहेको बताउँदै अहिले पनि महिलामाथि यो वा त्यो नाममा हिंसा भइरहेको बताइन् । उनले यसका लागि सबै एक भएर लड्नुपर्ने भन्दै संचार क्षेत्रबाट गीत, संगीत र कलाको प्रवधर्नको पक्षमा कलम चलाईरहने वाचा गरिन् ।
वि.सं.२०७८ साउन ३० शनिवार १६:३७ मा प्रकाशित






























