३१ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आइतवार थप १२ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा नवलपरासीपूर्वका ५, स्याङजाका ४ र कास्कीका ३ जना गरी १२ जना रहेका छन् ।
आइतवार थपिएका १२ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,१९२ पुगेको छ ।
त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा ३१, पर्बतमा ४६, लमजुङमा ७, तनहुँमा ५, कास्कीमा १७१, वाग्लुङमा ४७, स्याङजामा ७० र नवलपरासीपूर्वमा ३ जना गरी ३८० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये १७७ जना महिला र २०३ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार आइतवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १७१ जना रहेका छन् ।
आइतवार थपिएका ३८० जनासँगै प्रदेशमा हालसम्म ७५ हजार ६८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६८ हजार ३५६ जना निको भइसकेका छन् । आइतवार ३३२ जना संक्रमणबाट मुक्त भएका हुन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ६,१३८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५,८७१ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।

गण्डकी प्रदेशमा कास्कीका ५ सहित थप १० कोरोना संक्रमितको मृत्यु
वि.सं.२०७८ साउन ३१ आइतवार १७:५२ मा प्रकाशित






























