back
CTIZAN AD

एमालेमा एकताको खोजी : ईश्वर पोखरेल र भीम रावलबीच छलफल

वि.सं.२०७८ साउन ३१ आइतवार

594 

shares

साउन ३१, काठमाडौं । नेकपा (एमाले)मा विवाद उत्कर्षमा पुगिरहेको बेला एमाले उपाध्यक्ष भीम रावल महासचिव इश्वर पोखरेललाई भेट्न पुगेका छन् । रावल आइतबार पोखरेललाई भेट्न उनकै निवास धुम्बाराही पुगेका हुन् । उनीहरुबीच झण्डै डेढ घण्टासम्म छलफल भएको बताइएको छ ।

बताइएअनुसार दुई नेताबीच १० बुँदे सहमतिको विषयमा छलफल भएको थियो । दुई नेताबीच मध्यमार्गी सम्भावनाको विषयमा छलफल भएको बुझिएको छ ।

रावल पछिल्लो समय पार्टी एकताका लागि ओली पक्षका नेताहरुसँग निरन्तर संवादमा छन् । उनी माधवकुमार नेपाल समूहको निर्णयभन्दा फरक रुपमा मध्यमार्गी शैलीमा संवादहरु अगाडि बढाइरहेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय रुपमा विधान संशोधनसहित महाधिवेशन केन्द्रीत कार्यक्रम अगाडि बढाएसँगै एमालेको विवाद चरमतारित छ । माधव पक्षले एकताको सम्भावना नरहेको ठहरसहित समानान्तर गतिविधि बढाउन थालेको छ । जसमा रावलसहित केहि नेता मध्यमार्गी धारको खोजीमा लागेका छन् ।

वि.सं.२०७८ साउन ३१ आइतवार १८:०५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...