back
CTIZAN AD

अखिल क्रान्तिकारीद्वारा असोजमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय

वि.सं.२०७८ साउन ३१ आइतवार

720 

shares

३१ साउन, काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोजमा २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आउँदो असोज ८ देखि १० गते २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

अध्यक्ष तामाङका अनुसार सम्मेलनलाई सम्पन्न गर्नका लागि आउँदो भदौ १५ सम्ममा इकाई क्याम्पस, पालिका भेला गरिसक्ने, भदौ २५ सम्ममा जिल्लाहरुको भेला र भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसकिनेछ । त्यस्तै सबै तहका भेला/सम्मेलनहरु सहमतिका आधारमा गरिने र संगठनको विधानलाई व्यवस्थित गर्न भर्चुअल माध्यमबाटै विधान सम्मेलन गरिने पनि अध्यक्ष तामाङले बताए ।

२१ औँ राष्ट्रिय सम्मेलनमा २२ सय प्रतिनिधि रहेकोमा यो सम्मेलनमा भने कोभिड कहरका कारण ७९९ मात्रै प्रतिनिधि रहने जनाइएको छ । सम्मेलनका लागि विभिन्न समिति तथा उपसमितिहरु बनाई कार्यविभाजनसमेत गरिएको जानकारी पनि सो अवसरमा दिइयो ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा हुनेछ भने बन्द सत्र केन्द्रीय क्याम्पसमा गर्ने तयारी छ ।

बैठकले समसामयिक विषयमा विभिन्न निर्णयहरु गरेको छ । विज्ञप्तिमा जनाइए अनुसार चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराइएकाले पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै खुल्ला प्रतिस्प्र्धाका आधारमा नयाँ उपकुलपतिलाई नियुक्ति गर्न माग गरिएको छ ।

यस्तै विभिन्न इन्निियरिङ क्याम्पसहरुमा शुल्कबृद्धिको विरुद्धमा भैरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरिएको छ । त्रिविका आशिंक क्याम्सपमा इन्जिनियरिङ, मेडिकल, बाािणज्य, कानुन लगायतका विषयमा कोटा थप गर्न, कक्षा ११ र १२ का मा दिइँदै आएको छात्रवृत्ति कार्यान्वयनमा देखिएको कठिनाइको समाधान गर्न कार्यविधि बनाइ सहज बनाउन लगायतका विभिन्न ९ निर्णयहरु गरेको छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार १८:१८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...