back
CTIZAN AD

एमालेद्वारा भूपू गोर्खा सैनिकको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण

वि.सं.२०७८ साउन ३१ आइतवार

711 

shares

३१ साउन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनशनरत भूपू गोर्खा सैनिकहरुले उठाउँदै आएको मागको समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

लन्डनमा प्रधानमन्त्री कार्यालय अगाडि अनसनरत गोर्खा सैनिकहरुले उठाएको मागलाई स्वाभाविक, जायज र मानवीय भन्दै नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत गोर्खा सैनिकहरुको माग समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा ९एमाले० नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग समेत स्मरण गराइएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ
“बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरु सरह पेन्सनलगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आउनु भएको छ । यसै विषयलाई लिएर केही दिन पहिले लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरुको अनसन समेत सुरु भएको छ ।
बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ । यस सन्दर्भमा, पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई संवोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग स्मरणीय छ ।
तसर्थ समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा ९एमाले० नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।
प्रदीप ज्ञवाली
प्रवक्ता”

 

वि.सं.२०७८ साउन ३१ आइतवार १९:२६ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...