back
CTIZAN AD

सकियो माओवादी केन्द्रीय समिति बैठक, गरियो यस्ता निर्णयहरु

वि.सं.२०७८ साउन ३१ आइतवार

576 

shares

३१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीयसाउन २९ देखि चलेको केन्द्रीय समिति बैठक शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित गर्दै सकिएको छ ।

पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने लगायत विषय समेटिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै आइतबार टुंगिएको हो ।

बैठकले मुलुकमा प्रतिगामी कदम असफल भए पनि खतरा अझै बाँकी रहेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यस्तै बैठकले राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक रहेको ठहर समेत गरेको छ ।

प्रचण्डको प्रस्ताव अनुसार यस्ता छन् निर्णयहरु :
१) २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२) २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
३)२०७८ असोज २० गते वडा सम्मेलन
४) २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५) २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन
६) २०७८ पुस ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
७) संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।
८) जनवर्गीय एवं विभिन्न जातिय र क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न गर्ने ।
९) जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने ।
१०) विधान संशोधनसहित पारित गरिएको छ ।
११) उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।
१२) सबै रिक्त कमिटिमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

वि.सं.२०७८ साउन ३१ आइतवार २०:०८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...