back
CTIZAN AD

लेबनानमा तेल बाँडिरहेका बेला विष्फोट हुँदा २८ को मृत्यु, ७९ घाइते

वि.सं.२०७८ साउन ३२ सोमवार

630 

shares

३२ साउन, बेरुत ।  लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरूसमेत रहेको लेवनानको सेनाले जनाएको छ ।

सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।

विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना भएको थाहा पाउनासाथ रेडक्रसकर्मीहरू उद्धार कार्यका लागि घटनास्थलमा खटिएका थिए । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने उद्धारकर्ताहरूले बताएका छन् । सिन्ह्वा

वि.सं.२०७८ साउन ३२ सोमवार ०७:४२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...