back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ३,४५१ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

वि.सं.२०७८ साउन ३२ सोमवार

1.1K 

shares

३२ साउन, काठमाडौं । आज देशैभरी ३४५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पिसीआर र ५,५१८ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १५ हजार ६११ नमुना परीक्षणमा ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार आइतवारको तुलनामा सोमवार संक्रमित हुनेको संख्या बढेको छ ।

आज काठमाडौंमा ६७७, ललितपुर १६७, भक्तपुर ११७ गरी उपत्यकामा ९६१ जना नयाँ संक्रमित थपिएका छन् । आइतवारको तुलनामा उपत्यकामा सोमवार संक्रमितको संख्या बढेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।
त्यस्तै आज देशैभरी थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ३६ जना होम आइसोलेशन र ३,३३५ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७९५ जना र भेन्टिलेटरमा १९७ जनाको उपचार भइरहेको छ । भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या आइतवार भन्दा बढी हो ।

त्यस्तै आइतवार देशैभरी १ लाख ५८ हजार ३३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख ४० हजार ७५० नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ५ हजार ९०९ पुगेको छ ।

आइतवार देशैभरी थपिए २२१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

 

वि.सं.२०७८ साउन ३२ सोमवार १७:०५ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...