साउन ३२, काठमाडौं । तालिबानले कब्जा गरेसँगै अफगानिस्तान छाड्नेहरुको लर्को बढेको छ । मानिसहरु जसरी पनि आफ्नो मुलुक फिर्ता हुन चाहिरहेका छन् ।
यस्तोमा आफ्नो मुलुक फर्किने हतारोमा विमानमा झुण्डिएर यात्रा गर्न खोज्ने तीन जनाको ज्यान गएको छ । विमानको टायर समातेर झुण्डिएका तीन जनाकाे खसेर ज्यान गएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
काबुल एयरपोर्टबाट विमानले उडान भरेको केहि समयमै उनीहरु विमानको टायरबाट खसेका थिए । उनीहरु खसिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल पनि बनिरहेको छ ।
अफगानिस्तानको टोलो न्यूजले शेयर गरेको उक्त भिडियोबारे आधिकारिकता भने पुष्टी नभएको बताइएको छ ।
Video on social media shows people falling to their deaths from an aircraft that had taken off from Kabul airport, presumably having attached themselves from the outside. pic.twitter.com/9KHeiuawXj
— TOLOnews (@TOLOnews) August 16, 2021
Shocking!
In Kabul, three people have placed themselves in the tires of a military plane, after taking off, they fell from the sky. It was confirmed by the people on the ground. pic.twitter.com/Pknc2NQ9Qk— Tajuden Soroush (@TajudenSoroush) August 16, 2021
काबुल एयरपोर्टमा भीड बढ्दो
काबुल एयरपोर्टमा अहिले आफ्नो मुलुक फर्किने मानिसहरुको भीड छ । मानिसहरुको भीडका कारण विमानमा चढाउन पनि सुरक्षाकर्मीहरुलाई मुश्किल बनिरहेको छ ।
कतिपय नागरिक भीडमा भएको धक्काधक्कीले घाईते पनि भएका छन् । बृद्ध, महिला र बालबालिका निकै समस्यामा परेका छन् ।
सोमबार विमानस्थलमा भएको हवाई फायरिङमा तीन जनाको मृत्यु पनि भएको थियो ।
तालिवानले कब्जा जमाएसँगै अफगानिस्तानका सबै हवाई अड्डा बन्द गरिएका छन् । जसको कारण काबुल एयरपोर्टमा मानिसहरुको भीड बढेको हो ।
वि.सं.२०७८ साउन ३२ सोमवार १७:२९ मा प्रकाशित






























