३२ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा सोमवार पनि थप १० जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा कास्कीका ६ जना, स्याङजाका २ नवलपरासीपूर्व र तनहुँ र नवलपरासीपूर्वका १÷१ जनासहित १० जनाको मृत्यु भएको हो ।
सोमवार थपिएका १० जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ ।
त्यस्तै प्रदेशमा सोमवार म्याग्दीमा १४, पर्बतमा ७, लमजुङमा १६१, लमजुङमा १४, तनहुँमा ६, कास्कीमा २३१, वाग्लुङमा ९० स्याङजामा ५१ र नवलपरासीपूर्वमा ८२ जना गरी ६५६ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये ३६४ जना महिला र २९२ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार सोमवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा २३१ जना रहेका छन् ।
सोमवार थपिएका ६५६ जनासँगै प्रदेशमा हालसम्म ७६ हजार ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६८ हजार ९७१ जना निको भइसकेका छन् । सोमवार ६१६ जना संक्रमणबाट मुक्त भएका हुन् । निर्देशनालयका अनुसार प्रदेशमा हाल ६,१६८ सक्रिय संक्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु, ३८० संक्रमित
वि.सं.२०७८ साउन ३२ सोमवार १७:२९ मा प्रकाशित






























