back
CTIZAN AD

नेप्सेमा झिनो अकंको सुधार, १२ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ भदौ १ मंगलवार

627 

shares

१ भदौँ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । आज नेप्से परिसूचक ० दशमलव २३ अकंले बढेर समग्र परिसूचक ३१६० दशमलव ३२ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ० दशमलव ३५ अकंले बढेर ५९३ दशमलब २८ अकंमा पुगेको छ ।

कूल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार रकमको आधारमा अपी पावर, एचआईडिसिएल, अरुण काबेली हाईड्रोपावर, रिडी हाईड्रोपावर, अरुण भ्याली हाईड्रापावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अपी पावर, एचआईडिसिएल, अरुण काबेली हाइड्रोपवर, नेपाल बैंक लिमिटेडलगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज नेप्से झिनो अङ्कले बढ्दा पनि १२ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज गोर्खाज फाइनान्स, फस्ट माईक्रोफाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, अरुण काबेली हाईड्रोपावर, आँखुखोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, पञ्चकन्यामाई हाईड्रोपावर, हिमाल दोलखा हाईड्रोपावर, माउन्टेन इनर्जी, रुरु जलविद्यृत, सिईडीबी हाईड्रोपावर र जिवन विकास लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज सबै भन्दा धेरै गुमाउनेमा एनआईबिएल प्रगती फण्ड, नबिल डिभेन्चर ८२, सिद्धार्थ इक्यूटी फण्ड, माछापुच्छ्रे बैंक लगायतका कम्पनीमा लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा ८६ कम्पनी लागनीकर्ताले कमाउदाँ १०० कम्पनीमा लगानीकर्ताले गुमाएका छन ।

वि.सं.२०७८ भदौ १ मंगलवार १५:३१ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...