back
CTIZAN AD

६ वर्षको बसाइमा अफगानिस्तानलाई बुझ्दा…

वि.सं.२०७८ भदौ १ मंगलवार

1.4K 

shares

अफगानिस्तान बीस वर्षपश्चात् फेरि तालिवानको नियन्त्रणमा परेको छ । राष्ट्रपतिको कार्यालय/भवन त्यहाँका सेना र सुरक्षाकर्मीहरु उनकै शरणमा परेका छन् । अफगानिस्तानमा कार्यरत विभिन्न विदेशी कुटनैतिक संघ संस्थाहरुले ७२ घण्टे अल्टिमेटममा देश छाडिसकेका छन् । त्यहाँका कयौं नागरिकहरु पनि देश छाड्न बाध्य भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्ने बेला अफगानिस्तानमा सरकारको प्रमुखको रूपमा अली अहमद जलालीको नाम सार्वजनिक गरेका थिए । केही समाचार र प्रत्यक्षदर्शीहरुको भनाइअनुसार तत्कालीन सरकारका सुरक्षाकर्मीहरुले आफ्नो हतियारसहित तालिवानसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।

६ लाख ५२ हजार ८६० वर्ग किलोमिटर क्षेत्रफल रहेको यो देशमा अधिक मात्रामा पास्तो भाषा र पारसी उज्बेकी भाषा बोलिन्छ । अफगानिस्तान युरोपियन मुलुक, अरब, अफ्रिका, एसियाका देशहरुमा सजिलै पैदल यात्रा गर्न सकिने, समुन्द्रको बाटो हिँड्न नपर्ने भूपरिवेष्ठित मुलुक हो । पहिलो अफगान राज्य ईस्वी संवत् अप्रिल १७०९ मा स्थापना भएको थियो ।

भूगोलको हिसाबले यो भारत वर्षभित्र सदियौँ वर्ष रह्यो । तर यो देश हाम्रो जस्तो दुई देशसँग मात्र सम्बन्ध राख्न वाध्य छैन । यहाँ ईरान, पाकिस्तान, उज्बेकिस्तान ताजिकिस्तान आदि देशसँग व्यापार गर्न स्वतन्त्र छ । यहाँको मुख्य उत्पादनमा– स्याउ, ओखर, बदाम अङ्गुरजस्ता फलफूल छन् । यहाँको माटो खुब मलिलो छ । जलालाबाद जस्ता क्षेत्रमा धान गहुँ, ज्वार र मकै मनग्ग्गे उत्पादन हुन्छ । पहाडी क्षेत्रमा जाडो याममा खेती एक समय हुने हुँदा यहाँका जनता छ महिना पर्खिन बाध्य हुन्छन् ।

इतिहास केलाएर हेर्ने हो भने यो देशमा शान्तिको बाटो देखाउने शासक आएको देखिँदैन । मुगल साम्राज्यबाट शुरु भएको यो देशमा मौर्य सम्राटको पालामा पनि बलिया मानिसलाई आपसमा लडाएर आफ्नो फाईदा उठाउने गरेको देखिन्छ । चन्द्रगुप्त मौर्य र गुरु चाणक्य हुँदै मोहमद गौरी, बाबर गजनी गौरी, नादिर शाह हुँदै तालिवानसम्म आइपुग्दा आफगानिस्तान थप दल–दलमा फसेको देखिन्छ ।

जब ११ सेप्टेम्बेर २००१ मा पेन्टागनमा हमला भयो तब अमेरिकन फौज अफगानिस्तानमा प्रवेश गरे । अमेरिकी सेनाको प्रवेशसँगै युरोपिएन मुलुकका विभिन्न संघ संस्थाहरु खोलिए । तिनै संघ संस्थाहरुको सुरक्षार्थ, सुरक्षाकर्मीको आवश्यकताअनुसार नेपालीहरु इमान्दार भएकाले अफगानिस्तानमा कुटनैतिक निकायमा सुरक्षाको लागि लैजान थालियो । त्यसकै फलस्वरूप अमेरिकन दुतावासका सबै विभागहरू ब्रिटिश दुतावास, अस्ट्रेलियन दुतावास, क्यानाडा, दुतावास, जापान दुतावासलगायत सम्पूर्णँ युरोपेली संस्थाहरुमा नेपाली मूलका नेपाली र भारतीय पूर्वसैनिकलाई रोजगारीमा निरन्तरता दिन थालियो । मैँले यकिनपूर्वक भन्न त सक्दिन तर, मेरो त्यहाँ ६ वर्षको बसाइँको अनुभवको आधारमा नेपाली र भारतीय गरि झण्डै १२ हजारको आँकडामा विभिन्न निकायमा सुरक्षाकर्मी थिए ।

अफगानिस्तान सन् २००१ देखि नै द्वन्द चलिरहे पनि छिट्फुट घटना बाहेक कुनै संघसंस्थामा त्यसरी ठूलो आक्रमण गरिएको थिएन । तर, पछिल्लोपटक सन् २०१६ मइ महिनामा क्यानाडा दूतावासलाई सुरक्षा उपलब्ध गराउँदै आइरहेको साईबर सुरक्षा कम्पनीलाई लक्षित गरी बसमा आक्रमण गर्दा १२ जना नेपालीले एकैपटक ज्यान गुमाएका थिए । अमेरिकी सरकारले २० वर्ष पछि आफ्ना सैनिकलगायत गठबन्धन सैनिकलाई अफगानिस्तान छोड्न आदेश दिएपछि इस्लामिक संगठन तालिवानले सयौँ मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गयो र आज पूर्णँ रुपमा सिङ्गो देश कब्जा गरेको छ ।

म कामको सिलसिलामा ६ वर्ष अगाडी आइडिजी सुरक्षा कम्पनीमार्फत सन् २०१५ जुन महिनाको २१ तारिखमा अफगानिस्तान पुगेको थिएँ । अहिले पनि कार्यरत अवस्थामै बिदामा आएको थिएँ । भिसा सकिएको कारण म नेपालमा रोकिएको छु । मेरो कम्पनीले अफगानिस्तानस्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायका कार्यालयलगायत विभिन्न उच्च जोखिममा रहेका देशहरुमा सुरक्षाकर्मीहरु उपलब्ध गराउँदै आइरहेको छ । अपवाद बाहेक अहिलेसम्म संयुक्त राष्ट्र संघका कुनै पनि निकायमा तालिवानको हमला भएको छैन । यो सबैभन्दा राम्रो पक्ष हो । तालिवान पहिलाको अनुपातमा धेरै परिवर्तन भएको मैँले अनुभव गरेको छु । अहिलेको अवस्थामा झण्डै ६०० साथीहरू अफगानिस्तानमा सुरक्षित छन् । स्थिति निकै सामान्य छ । म मेरा सहकर्मी साथीहरूसँग लगातार सम्पर्कमा छु । धेरै अफवाह फैलाएर त्रासमा नपारिदिन विभिन्न मिडियाहरुसँग पनि हार्दिक अनुरोध गर्दछु ।

अन्त्यमा, सबै नेपाली नागरिकहरु सुरक्षित छन्, अहिलेसम्म स्थिति सामान्य छ । यद्यपि त्यहाँको तालिवान सरकारले सुरक्षाको ग्यारेन्टी गरेको छ, लिखित रुपमा पनि दिएको छ । फेरि पनि त्यहाँको राजनीतिले कुन रुप धारण गर्छ थाहा हुँदैन । यसै भन्न पनि सकिँदैन तसर्थ समयमै नेपाल सरकार तयारी हालतमा रहोस्, संयुक्त राष्ट्र संघ तथा सुरक्षा कम्पनी संघ समन्वय गरोस् ! किन्तु परन्तु नहोस् ! अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिक तथा मेरा सम्पूर्ण सहकर्मी साथीहरुकोे मनोबल उच्च छ, रहनेछ र रहोस् । कामना गर्दछु ।

(हाल : पैँञ्यु गाउँपालिका –४, पर्वत)

वि.सं.२०७८ भदौ १ मंगलवार १७:२३ मा प्रकाशित

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...