back
CTIZAN AD

भारतमा दैनिक कोरोना सङ्क्रमित घट्दै

वि.सं.२०७८ भदौ १ मंगलवार

606 

shares

१ भदौ, नयाँदिल्ली । भारतमा दैनिक रुपमा कोरोना सङ्क्रमित घट्दै आएको तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको हो । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको हो । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.५१ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ७९ रहेको छ भने तीमध्ये ४३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यही अगस्त १६ सम्ममा भारतमा ४९ करोड ६६ लाख २९ हजार ५२४ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १५ लाख ६३ हजार ९८५ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५५ करोड ४७ लाख ३० हजार ६०९ डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ८८ लाख १३ हजार डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १७:०५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...