back
CTIZAN AD

चिकित्सकविहीन हुँदा स्वास्थ्य केन्द्र समस्यामा

वि.सं.२०७८ भदौ १ मंगलवार

798 

shares

१ भदौ, बलेवा । कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययनका लागि हिँडेपछि बागलुङको जैमिनी नगरपालिका कोभिड अस्पतालसमेत सञ्चालनमा रहेको स्वास्थ्य केन्द्रमा समस्या भएको हो ।

एक मात्रै चिकित्सकको दरबन्दी रहेको स्वास्थ्य केन्द्र छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुको भरमा सञ्चालन हुँदै आएको थियो ।
सरकारले गर्ने चिकित्सक परिचालनमा सूचीकृत भएर आउने चिकित्सकको समेत अवधि सकिएपछि सङ्कटको समयमा स्वास्थ्य केन्द्र समस्यामा परेको हो ।

यहाँ दरबन्दीमा रहेकी चिकित्सक सुस्मा चालिसे एक वर्षअघि देखि अध्ययन बिदामा छिन् । “उनी तलबी अध्ययन बिदामा छिन्, अर्को कोही राख्न मिल्ने कुरा भएन,” जैमिनी नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द आचार्यले भने, “मौजुदा जनशक्तिका आधारमा स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।”

वैकल्पिक अस्पताल नभएको र नजिकमा अन्य स्वास्थ्य संस्थासमेत नभएका गम्भीर प्रकृतिका बिरामीहरु सदरमुकाम धाउनुपर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रको नेतृत्व अहेवले गरेका छन् ।

यसअघि सरकारको चिकित्सक परिचालन कार्यक्रमअन्तर्गत करारमा आएका चिकित्सक राजु भट्टराई क्षेत्रीको गत वैशाख १४ गते करार अवधि सकिएको थियो ।

उनी यहाँबाट बिदा भएसँगै अन्य चिकित्सक पठाइएको छैन । कोरोना सङ्क्रमणको अवस्था र तत्कालको समस्या समाधानका लागि उनलाई दुई महिना करार थप गरी असार मसान्तसम्म राखिएको थियो ।

“छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई दुई वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ,” आचार्यले भने, “कोही एक वर्षमा नै हिड्छन्, कसैले दुई वर्ष अवधि पूरा गर्ने गरेका छन्।”

यो स्वास्थ्य केन्द्रमा दरबन्दीमा आउने मेडिकल अधिकृत चिकित्सक अधिकांशले तलबी अध्ययन बिदा लिने गरेका कारण उपचारमा समस्या हुने गरेको छ ।
करारमा सरकारले चिकित्सक पठाउन थालेपछि केही राहत भएको स्वास्थ्य केन्द्रमा पछिल्लो समय समस्या बल्झिएको हो ।

चिकित्सक तथा दक्ष जनशक्ति नभएका कारण यहाँ ल्याइएका उपकरणहरुसमेत थन्किएका छन् । एक्स–रे मेशिन पाँच वर्षदेखि भण्डारण गृहमा थन्किएको छ ।

भिडियो एक्स–रेका लागि ल्याइएको मेशिनसमेत जनशक्तिको अभावकै कारण थन्क्याउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । तीन अनमी र एकजना स्टार्फ नर्सले गर्भवतीको जाँचमा मात्रै भिडियो एक्स–रेको प्रयोग गर्ने गरेका छन् ।

वि.सं.२०७८ भदौ १ मंगलवार १७:०६ मा प्रकाशित

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र...

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन । छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक...

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी । पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५०...

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको...