१ भदौ, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मंगलबार थप ४ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्युहुनेमा तनहुँ, कास्की, स्याङजा र नवलपरासीपूर्वका १/१ गरी ४ जना रहेका छन् ।
मंगलवार थपिएका ४ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार २०६ पुगेको छ ।
त्यस्तै प्रदेशमा सोमवार म्याग्दीमा १२, पर्बतमा २, गोरखामा ५४, लमजुङमा १८, तनहुँमा ५६, कास्कीमा २६९, वाग्लुङमा २४, स्याङजामा ६७ र नवलपरासीपूर्वमा ८३ जना गरी ५४५ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २७९ जना महिला र २६६ जना पुरुष रहेका छन् ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार मंगलवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा २६९ जना रहेका छन् ।
मंगलवार थपिएका ५४५ जनासँगै प्रदेशमा हालसम्म ७६ हजार ८८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६९ हजार ६६० जना निको भइसकेका छन् । मंगलवार ६८८ जना संक्रमणबाट मुक्त भएका हुन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ६,०२१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २८१९ जना होम आइसोलेशनमा र अन्यको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहको छ ।
सोमबारको तुलनामा मंगलवार प्रदेशमा संक्रमित हुने र मृत्यु हुनेको संख्या घटेको हो ।
गण्डकी प्रदेशमा कास्कीका ६ सहित १० कोरोना संक्रमितको मृत्यु, ६५६ संक्रमित
वि.सं.२०७८ भदौ १ मंगलवार १७:१६ मा प्रकाशित






























