back
CTIZAN AD

संरक्षण अभावले जीर्ण बन्दै गर्भा दरबार

वि.सं.२०७८ भदौ १ मंगलवार

960 

shares

१ भदौ, गोदावरी । कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।

विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताए ।

स्थानीय बासिन्दाले भने यसको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् । दरबार जीर्ण हुँदै गएकाले पछि लगाइएको टिनको छाना हावाले उडाएको छ भने प्रयोगविहीन हुँदा भवन भत्किँदै जानका साथै कलाकृतिले भरिएको भित्ता पनि २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ थियो ।

विसं २०३२ सम्म दरबारमा चहलपहल हुँदै आएको थियो । खड्कका छोरा बहादुर पछि उनका साहिला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन् । विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन् ।

हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।

चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताए । दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले बताए । आर्थिक वर्षको अन्तमा बजेट निकासा भएकाले पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उनको भनाइ थियो ।

गत वर्ष पुरातत्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम शुरु गरिने बताइएको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १७:३३ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...