back
CTIZAN AD

आज ३,२७४ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

वि.सं.२०७८ भदौ १ मंगलवार

705 

shares

१ भदौ, काठमाडौं । आज देशैभरी ३२७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ पिसीआर र ६,१२४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १७ हजार ६८९ नमुना परीक्षणमा ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार सोमवारको तुलनामा मंगलवार संक्रमित हुनेको संख्या केही घटेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १९२९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ५७५ जना होम आइसोलेशन र ३,२९६ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७९० जना र भेन्टिलेटरमा १९१ जनाको उपचार भइरहेको छ । मंगलवारको तुलनामा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या कम भएको छ ।

त्यस्तै मंगलवार देशैभरी १ लाख ४४ हजार ५२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४१ लाख ५८ हजार ४३९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ८ लाख ९ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३,४५१ कोरोना संक्रमित, ३५ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १ मंगलवार १७:४३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...