Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

यामाहाको एसेम्बलिङ उद्योग भैरहवामा खुल्दै, एक वर्षभित्रै सञ्चालन हुने



३, भदौ, काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज कम्पनीले भैरहवामा यमाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका विष्णु अग्रवालले भैरहवामा यामाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्न लागेका हुन् ।

हाल यामाहाको एसेम्बलिङ उद्योग स्थापना गर्नको लागि तयारी भइरहेको अग्रवालले बताए । त्यसको लागि जग्गा प्राप्तिदेखि अन्य काम भइरहेको पनि उनले बताए । ‘नेपालमा पनि विस्तारै अटो बजार बढ्दै गइरहेको छ, हरेक देशले आफ्नो इको सिस्टम बनाउँछ, केही कम्पनीले एसेम्बलिङको काम सुरु गरिसकेका छन्, त्यसैले पनि हामीले यसमा हात हालेका हौं, उनले भने । एमएडब्लुले विश्वका चर्चित अटो ब्राण्डहरु भित्र्याएर बिक्री वितरण गर्दै आएको छ । यामाहा मोटरसाइकलको व्यापारबाट अटोमोवाईल क्षेत्रमा प्रवेश गरेको यस कम्पनीले स्कोडा, जीप, जेसीवी, स्कोटस्, फोटोन, विएण्डटी लगायत ब्राण्डको नेपालको आधिकारिक बिक्रेता भएर काम गर्दै आएको छ ।

उनका अनुसार हालसम्म लगानी कति लाग्छ भन्ने यकिन भइसकेको छैन । तर, ठूलै लगानीमा उद्योगको स्थापना हुने उनको भनाई छ । संसारभर अटोमोवाइल उद्योगको विकास एसेम्बलिङ उद्योगबाट नै हुने र नेपालमा पनि त्यसको शुरुवात भएको उनले बताए । हाल नेपालमा २ वटा कम्पनीले मोटरसाइकल एसेम्बलिङ गरिरहेका छन् । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टीभीएस मोटरसाइलकको एसेम्बल गरिहरेको छ भने गोल्छा अर्गनाइजेशनले बजाजको मोटरसाइकल एसेम्बल गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।