Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी कनेक्ट आईपीएस मार्फत गर्न सकिने



३ भदौँ, काठमाडौँ । राष्ट्रिय बीमा संस्थाले कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले नविकरण बीमाशुल्क आर्जन कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो । संस्थाले एक कार्यक्रमका बीच उक्त डिजिटल भुक्तानीको शुभारम्भ गरेको हो ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै आफ्नो बैंक÷वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

भुक्तानीको लागि ग्राहकले कनेक्ट आईपीएसमा लगइन गरी आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको फाइनान्सियल इन्स्टिच्यूसन भित्र इन्स्योरेन्स पेमेन्टमा “राष्ट्रिय बीमा संस्थान” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरि बीमा पोलिसी नम्बर तथा पोलिसीमा लेखिएको बीमितको जन्म मिति दाखिला गरी आफ्नो ट्रान्जेक्सन पासवर्ड (ओटीपी) प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै संस्थानको नेपाल बैंकमा रहेको खातामा भुक्तानी गर्न सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले