back
CTIZAN AD

कथा: कदरको मूल्य

वि.सं.२०७८ भदौ ५ शनिवार

780 

shares

छेउमा थाल राख्दै आमाले भन्छ – ‘ला ! भात खा । म हुञ्जेल स्याहार्छु । म मरे पछि के गर्छस् ?’ आमाको कुराले कता–कता हर्केको मनमा साह्रै बिझ्छ । न्याउरो मुख लाएर भन्छ –‘आमा ! तिमी सँगै म नि मर्छु ।’

पछ्यौरीले आँसु पुछ्दै आमा भन्छिन् – ‘धेरै गफ नला । खुरुक्क भात खा ।’

जनयुद्धको क्रममा तत्कालिन शाहीसेनासँगको भिडन्तमा हर्क मिजारले आफ्नो दुवै खुट्टा गुमाएको छ । संगिनी पनि त्यहि भिडन्तमा सहादत भईन् । अतितको तितो नमिठो कुरा सम्झिदै एकहोरिन्छ ।

आमा भन्छिन् – ‘के ! ट्वाल्ल परि’रा । खुरुक्क भात खा ।’ आमाको कुरा सुनेर झसंग हुन्छ । आँसु पुछ्दै भात खान थाल्छ ।
छेउमा बसेर पंखा हम्किदै आमाले भन्छिन् – ‘तँसँगका जागिर खाएर काठमाडौंमा घर बनाएर मजाले बसेका छन् । क्वै ! माननीय मन्त्री भइसके । तँलाई सम्झेर क्वै भेट्न आ’का होईनन् ।’

आमाको रुखो कुरा सुनेर हर्के जवाफ दिन्छ – ‘आमा ! मैले घर बनाउन, जागिर पाउन, माननीय मन्त्री हुन् व्यक्तिगत स्वार्थको लागि जनयुद्ध लडेको हैन । मैँले त सम्पूर्णँ जनताको अनि मेरो प्यारो देशको भविष्य र मुहार फेर्न जनयुद्ध लडेको हो ।’

साँझ रेडियोबाट समाचार आउँछ – प्रदेश ७ बाट नेकपा (माओवादी केन्द्र)ले हर्क मिजारलाई समानुपातिक संघीय संसदमा मनोनित गरेको छ । बिहानै गाउँलेहरु फूलमाला बाजा लिएर हर्केको घरमा भेला हुन्छन् । पञ्चे बाजा बजाउँदै गलाभरि फूलमाला अनुहार भरि अविर दलेर खुशिले धुमधाम सम्मानका साथ हर्क मिजारलाई गाउँ बहिनी मेरो कथामा परिक्रमा गराउँछन् ।

हर्केको कुरा सुनेर आमाले भन्छिन् –‘खै ! त के पाईस तैंले ?’

न्याउरो मुख लाएर आँखाभरि आँसु लिएर हर्के भन्छ – ‘हो ! आमामैले केहि पाईन । तर देशले धेरै कुरा पायो । जनताका छोरो–छोरी राष्ट्रपति र प्रधानमन्त्री भए । देशले संघीय समावेशी लोकतन्त्र पायो । गंगा चौधरी सांसद बनिन् । नोकरीमा आरक्षण भो महिला, दलित, मधेसी, जनजाति र उत्पीडित वर्गका समुदायले सरकारी जागिर पाए । राजनीतिमा महिला र उत्पीडित जातिले समावेश हुने अवसर पाए । जनताहरु आफ्नो कर्तव्य र अधिकारप्रति सचेत र जागरुक भए । यै ! त हो खुशीको कुरा आमा ।’

पानी पिउँदै भन्छ हर्के– ‘कसैले के पायो ? के गुमायो ? समय र परिस्थितिको कुरा हो । कसैको चित्त दुखाई होला । हुनसक्छ । मैँले आफ्नो दुवै खुट्टा गुमाए पनि खुशी छु । किन कि देशको आमुल परिवर्तनको निम्ति जनयुद्धमा सरिक हुने सौभाग्य पाए । जन्मदिने आमाको लागि केहि गर्न नपाए नि । नेपाल आमाको लागि यति गर्न अवसर पाए । म आफैलाई सौभाग्यशाली ठान्छु । आज कसैले मलाई नसम्झे नि ।

इतिहासको कुनै कालखण्डमा सम्झिनेहरु अवश्य हुनेछन् । कतिपय मान्छेहरु भौतिक धन सम्पतिलाई सबै थोक ठूला ठान्छन् । तर म आत्मिक शान्तिलाई ठूलो मान्छु । यै ढेडो र गुन्द्रुक मेरो लागि सबै थोक छ । अनि तिमी आमा, मेरी स्वर्ग हौ ।’

‘बिहान खायो, साँझ भोकै । तेरै पार्टीको सरकार छ । केहि सहयोग गर्यो ?’

दुखेसो मनाउ गर्दै आमाले भन्छिन् ।

थालमा हात चुठ्दै हर्के भन्छ –‘आमा ! व्यक्तिगत स्वार्थको लागि केहि पाउन, भोलि पार्टीले मलाई सहयोग गरोस् भनेर मैले जनयुद्ध लडेको हैन । साथीहरु देश परिवर्तनको महान् काममा व्यस्त होलान् । आज नसम्झे नि कुनैदिन साथीहरुले मलाई र मेरो योगदानलाई अवस्य सम्झिने छन् । मेरो त्याग र इमान्दारिताको कदर गर्नेछन् ।’

साँझ रेडियोबाट समाचार आउँछ – प्रदेश ७ बाट नेकपा (माओवादी केन्द्र)ले हर्क मिजारलाई समानुपातिक संघीय संसदमा मनोनित गरेको छ । बिहानै गाउँलेहरु फूलमाला बाजा लिएर हर्केको घरमा भेला हुन्छन् । पञ्चे बाजा बजाउँदै गलाभरि फूलमाला अनुहार भरि अविर दलेर खुशिले धुमधाम सम्मानका साथ हर्क मिजारलाई गाउँ परिकारमा गराउँछन् ।

खुशिले हर्केलाई अंगालो हालेर रुँदै आमाले भन्छिन् – ‘बाबु ! व्यक्तिगत सम्पति जोड्ने स्वार्थमा कहिले पनि नलाग्नु । देशलाई सर्वोपरी ठानी निःस्वार्थ जनताको हितमा काम गर्नु । पार्टीले क्यै ! गरेन भनि मानिस बिचलित हुनुहुँदो रहेनछ । मान्छे धर्म ईमानमा हुनुपर्छ । एकदिन समयले आफै सबैको मूल्यांकन र कदर गर्दोरहेछ ।’

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:५० मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...