Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

मुटु बिझाउने धर्माकुमारीको तस्बिर !



धर्माकुमारी बहिनी यतिबेला तपाईँँको भौतिक शरीरलाई राप्ती नदीको किनारमा दाहसंस्कार गरिए पनि हिन्दु धर्मका अनुसार अहिले तपाईको आत्मा, काखमा राखेर सुमसुम्याएको छोराको सम्झनामा कहाँ अनि कता–कता भड्किरहेको होला ।

तपाईँँको आत्माले तपाईँ चढेर आएको ना ३ ख ३७७९ नम्बरको बसको सिटमा पुगेर टोलाइरहेको होला, सुस्ताइरहेको होला अनि छोरा भन्दै बोलाइरहेको होला । भनिन्छ, आमामा त्यस्तो शक्ति हुन्छ कि, आमाको रोदन र पीडाले मृत्यु शैथ्यामा पुगेको आफ्नो सन्तानलाई मृत्युको मुखबाट खोसेर ल्याउन सक्छ । तर, छोरामा त्यति शक्ति हुन्छ कि हुँदैन त्यो संसारमा देखिएको छैन अनि भन्ने गरिएको पनि छैन । हो धर्मकुमारी जी, तपाईँको मृत शरीरको काखमा बसेर रोएको छोराले तपाईँलाई मृत्युको मुखबाट ल्याउन सकेनन् ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ बटाला गाउँबाट बस चढेर उपचार गराएर स्वस्थ्य भइ सात वर्षीया छोरीका लागि मिठाइ चक्लेट अनि राम्रो नाना बोकेर फर्किने तपाईँको सपना सायद बर्दियाको हरिया लेक आइपुग्दा तपाईँको आत्मासँगै आकासमा उडेको थियो । त्यहि तपाईँको काखमा रहेको ३२ महिने छोरा किरण बसको भुँइमा पछारिएपछि आमा–आमा भन्दै रोइरहेको थियो । तपाईँ निदाउनु भएको होला भनेर बसमा रहेका अन्य यात्रुले किरणलाई उठाएर आफ्नो काखमा लिए । तै पनि उनले नमानेपछि पुनः तपाईँको काखमा राखिदिएका थिए । तपाईँको काख कति प्यारो र न्यानो थियो धर्मकुमारी जी जहाँ तपाईँ यो संसार छोडेर टाढको यात्रा गरिसक्दा पनि किरण तपाईँको काखमा बसेर न्यानो माया महसुस गरिरहेको थियो । निर्दोष आँखाहरुले तस्बिर खिच्नेहरुतिर पुलुक्क हेरेको थियो ।

धर्माकुमारीजी, हुन त यो देशमा सुत्केरी हुन नसकेर घरमै जीवन समाप्त भएको, अस्पताल लैजादा लैजादैँ बाटोमै देह त्याग गर्नु परेको अनि सुत्केरी भएपछि पनि अत्याधिक रगत बगेर यो देशका कयौं युवतीहरुले सानै उमेरमा ज्यान गुमाउनु परेको छ भने कतिपय वश्यक उमेरका महिलाले यसरी नै ज्यान गुमाउनु परेको अवस्था छ । तर, तपाईँको यो घटनाले आज सारा नेपालीको मन रोएको छ । बिरामी हुँदाहुँदै पनि अनि तपाईँको अवस्था बुझेर तपाईँको लागि एम्बुलेन्स वा हेलिकप्टरको व्यवस्था गरिदिने राज्य संयन्त्र अझै बन्न नसकेकोमा ।

तपाईँकै प्रदेशका मुख्यमन्त्री परेको बेलामा हेलिकप्टर चढ्छन् । तपाईँका मन्त्रीहरु पनि जहाजदेखि सुविधा सम्पन्न गाडी चढ्छन् । सायद तपाईँको जिल्लादेखि नेपालगन्जसम्मको यात्रा १६७ किमी हो कि ! यदि बाटो राम्रो भएको भए र अन्य सु्विधा भएको भए तपाईँले एउटा काखे बच्चालाई आफ्नो सहयात्री सम्झेर अनि बसमा रहेका यात्रुलाई आफन्त सम्झेर उनीहरुको सहारामा मात्रै बाटो काट्नुपर्ने अवस्था आउने थिएन । तर, बिडम्वना, रातभरी तपाईँले आफन्त सोचेर बसमा यात्रा गरिरहेकाहरुले तपाईँ संसार छोडिसक्दा पनि थाहा नपाएपछि बच्चाले भुँइमा खसेर रुदै सांकेतिकरुपमा तपाईँले यो संसार छोडिसकेको जानकारी गराएका थिए ।

धर्मकुमारीजी, हुन त यो देशमा सुत्केरी हुन नसकेर घरमै जीवन समाप्त भएको, अस्पताल लैजादा लैजादैँ बाटोमै देह त्याग गर्नु परेको अनि सुत्केरी भएपछि पनि अत्याधिक रगत बगेर यो देशका कयौं युवतीहरुले सानै उमेरमा ज्यान गुमाउनु परेको छ भने कतिपय वश्यक उमेरका महिलाले यसरी नै ज्यान गुमाउनु परेको अवस्था छ । तर, तपाईँको यो घटनाले आज सारा नेपालीको मन रोएको छ, बिरामी हुँदाहुँदै पनि अनि तपाईँको अवस्था बुझेर तपाईँको लागि एम्बुलेन्स वा हेलिकप्टरको व्यवस्था गरिदिने राज्य संयन्त्र अझै बन्न नसकेकोमा ।

धर्माकुमारी जी, यतिबेला तपाईँको जिल्लाका जर्नादन शर्मा ‘प्रभाकर’ यो देशको शक्तिसाली अर्थमन्त्री बन्नुभएको छ । उहाँ यसभन्दा अगाडि पनि गृहमन्त्री र उर्जामन्त्री बनिसक्नु भएको छ । तपाईँकै जिल्लाबाट वर्षमान पुन र उहाँकी धर्मपत्नी कमला रोका पनि मन्त्री बनिसक्नु भएको छ । तपाईँहरुको मत लिएर तपाईँहरुको स्वास्थ्य, रोजगारी तथा तपाईँका सन्तानहरुको शिक्षाको सुधारका लागि आफ्नो जीवन खर्चिएर समाजवादको यात्रामा हिँड्ने भनेका नेताहरुले आज त्यो बाटो छोडेर बाटोमै अभर पर्नुभएको छ कि जस्तो लागेको छ ।
हुन त मँैले रुकुमबाट जितेर आएपछि रुकुमका जनताका लागि उहाँहरुले के काम गर्नुभयो भनेर प्रश्न गर्न खोजेकी होइन् ? त्यो सोध्ने अधिकार बढी जिल्लाबासी भएकाले तपाईँहरुको हो अनि मेरो पनि अधिकार हो उहाँहरु यो देशका जनताका लागि सत्ताको बागडोर चलाउनु हुन्छ । तर तपाईँहरुले त्यो सोध्न सक्नुभएन वा चासो दिनु भएन । वा उहाँहरुले जिल्लावासीका लागि गरेको विकास तथा समाजवादको यात्रा तयका लागि रुकुममा धेरै गर्नुभएको छ भने त्यो रिर्पोट पछि आउँदै गर्ला । तर तपाईँको विमारको गम्भीर अवस्था बुझेर तपाईँलाई एम्बुलेन्समा लैजाने वा सहज यात्राको व्यवस्था गर्नका लागि केन्द्र सरकार वा स्थानीय सरकारको योजना अझै बनिसकेको छैन भनेर बुझन कत्तिपनि घोत्लिनु पर्दैन ।

धर्माकुमारी, हुन् त प्रतिनिधि पात्रको रुपमा तपाईँ देखिनुभयो तर, तपाईँजस्तै धेरै धर्मकुमारीहरुले उपचार नपाएर तथा आफ्ना सन्तानलाई दुईछाक राम्रोसँग खुवाउने अवस्था नभएकै कारण जीवनदेखि हार मानेर छोराछोरीलाई कम्मरमा नाम्लोको बरियोले बाँधेर जीवनको इहलिला समाप्त गर्नुभएको छ । तसर्थ तपाईँको रुकुमको माटोमा जन्मिएर रुकुमको माटोको कसम खाएर समग्र देशका जनताका लागि भन्दै केन्द्रीय सत्तामा पुगेका तपाईँहरुको जिल्लाका नेता मात्र नभएर धेरै जिल्लाका नेताहरु तथा मन्त्रीहरु समाजवादको यात्रामा बीचबाटोमै अभर परेका र अल्मिलिएका देखिन्छन् । पछिल्लो अवस्थामा विश्व परिवेशको अवस्थालाई नियाल्दै बाहिरी देशका कारण आफ्नो देशमा आइपर्ने चुनौतीलाई सामना गर्नका लागि तत्पर हुनुपर्ने राज्य संचालकहरु, विडम्वना नै भन्नुपर्छ धर्मकुमारी जी, समाजवादको यात्रा पूरा गर्दै साम्यावादसम्म पुग्ने भनेर थालिएको उहाँहरुको यात्रा अझ सत्ताकै वरिपरि अल्झिरहेको छ ।

सत्ता यस्तो भइसकेको छ कि उहाँहरुको भावना अनुसार बार्गेनिङ गर्दै तपाईँ हाम्रा भावना र सपनामा लात बजाउँदै यहाँसम्म की अहिलेको २१ औं शताब्दिको अन्त्यतिर पनि तपाईँ हामीले साँझ विहानको दुईछाक जोहो गर्न आफना सन्तानलाई असल नागरिक बनाउका लागि सहि शिक्षा समेत पाउन नसकेको अवस्था छ ।

धर्माकुमारीजी, तपाईँका श्रीमानलाई किरण छोरा र तपाईँकी सात वर्षीया छोरीका लागि बलियो अभिभावक बनेर जीवन व्यतितगर्ने अवस्था बनोस् । अनि राज्यले धेरै धर्मकुमारी र धर्मकृुमारहरुको पीडा सम्बोधनका लागि स्थानीय सरकारसँग समन्वय गरेर नयाँ खाका योजना बनाएर त्यसलाई लागु गरोस् । तपाईँको आत्माले शान्ति पावोस् धर्मकुमारीजी अहिलेलाई यत्ति मात्र लेख्न सके ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौं । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।