back
CTIZAN AD

भारतले २१ रनमा गुमायो ३ विकेट, कप्तान विराट कोहली ७ रनमा आउट

वि.सं.२०७८ भदौ ९ बुधवार

711 

shares

९ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो टेस्टको पहिलो इनिङ्गमा भारतले २१ रनमा ३ विकेट गुमाएको छ । तेस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको भारतले २१ रनमा आफ्नो ३ विकेट गुमाएको हो ।

भारतका ओपनर केएल राहुलल ०, चेतेश्वर पुजार १ र कप्तान विराट कोहली ७ रन बनाएर आउट भएका हुन । भारतका यी ३ ब्याट्सम्यानको विकेट इंल्याण्डका फास्ट बलर जेम्स एनडरसनले लिएका छन ।

भारतका लागि अहिले रोहित शर्मा ९ रनमा ब्याटिङ्ग गरिरहेका छन भने उपकप्तान अजिंक्य राहणे ० रनमा ब्याटिङ्ग गरिरहेका छन ।

५ खेलको टेस्ट श्रृखलमा भारतले दोस्रो टेस्टमा जित निकाल्दैँ १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १६:५५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...