back
CTIZAN AD

विद्यालयमा खानेपानीको चर्को समस्या

वि.सं.२०७३ फागुन १३ शुक्रवार

849 

shares

१३ फागुन,इलाम । जिल्लाको दक्षिणीभेग चुरे क्षेत्रका गाविसस्थित विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको छ ।

ती क्षेत्रमा खानेपानीको मुहान सुक्न थालेपछि विद्यालयमा खानेपानी समस्या चर्को रुपमा देखिएको हो । विद्यालयमा खानेपानीको समस्या देखिन थालेपछि यहाँका अधिकांश विद्यार्थीले पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोहीले नजिकका गाउँ पसेर पानी मागेर पिउने गरेका छन् ।

अहिले यस क्षेत्रका विद्यालयमा खानेपानी र सरसफाइमा ठूलो समस्या देखिएको त्यहाँको शिक्षक÷विद्यार्थी बताउँछन् ।

खानेपानी नभएकै कारण दानाबारीस्थित कन्काई मावि र दीपज्योति प्राविका विद्यार्थी घरैबाट बोतलमा खानेपानी बोकेर आउने गरेका छन् । गाउँबाट खोजेर एक गाग्रो पानी ल्याए पनि गर्मीको बेला यो अपुग हुने गरेको सो विद्यालयले जनाएको छ ।

कन्काई माविका शिक्षक खेमराज लिम्बूले तिर्खा लागेका बेला विद्यार्थीले पानी खान नजिकको गाउँ जाने गरेकाले पढाइमा समेत समस्या हुने गरेको बताउँदै “पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनः कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ भन्नुभयो ।”

अत्यधिक वन फडानी र संरक्षण नहुँदा चुरे क्षेत्रमा खानेपानीको मुहान सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । चुरे क्षेत्रमा पर्ने गाविस चुलाचुली, दानाबारी, महमाई, साकफारा, बाँझो गाविसमा अहिले खानेपानीको चर्को अभाव देखिन थालेको स्थानीयले बताए ।

दानाबारीको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झन्डै दुई दशकअघि एसियाली विकास बैंक (एडिबी)को सहयोगमा रु एक करोड ६७ लाखको लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजनाअन्तर्गत सञ्चालन भएका चार सय २२ धारामध्ये यतिखेर ८÷१० धारामा मात्र मुस्किलले पानी आउने गरेका छन् ।
दानाबारीको–३ को गङ्गटे–९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दा अहिले खानेपानी अभावले गर्दा अत्यधिक मारमा परेका छन् । खोला छेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युबवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको छ, दानाबारी–३ का सूर्य सुब्बा भन्नुहुन्छ – “पहिले खोला किनारका गाउँमा १० फिट जति खन्दा पानी निस्कन्थ्यो तर अहिले त्यसका लागि २५÷३० फिट खन्नुपर्छ ।”

महमाईको १, २ र ३ नं वडालाई लक्षित गरी सुनगाभा विकास संस्था इलामले खानेपानी आयोजना निर्माण सम्पन्न गरेपछि अहिले यहाँका बासिन्दालाई केही राहत पुगेका छन् । छ महिनाअघि सम्पन्न भएको यो आयोजनाबाट ५२ वटा धारा सञ्चालन गरिएको छ ।

गाउँ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि चुरे क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या बर्सेनि चर्को बन्दै गएको हो ।

बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहाँका बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र बस्तुभाउलाई खुवाउन पानीको समस्या हुन थालेका छन् ।

यस क्षेत्रका बासिन्दाले चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका स्रोत घटेको थाहा पाउँदासमेत वन विनाश भने घट्न सकेको छैन ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ०७:१९ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...