back
CTIZAN AD

अप्रिल ८ र ९ मा वैशाखी बेला

वि.सं.२०७३ फागुन १३ शुक्रवार

678 

shares

japan phukao

काठमाण्डौं । जापानको फुकुओकामा बसोबास गर्दै आएका नेपालीहरुले गत वर्ष झैं यो वर्ष पनि वैशाखी मेलाको आयोजना गर्ने भएका छन् । तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा यही अप्रिल ८ र ९ तारिकमा हुन लागेको मेलाको विषयमा विहिबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
जापानमा रहेका नेपालीहरुले नयाँ वर्ष, दशैं तिहार भव्यताका साथ मनाउने गर्छन् । त्यसैलाई निरन्तरता दिन यो वर्ष पनि जापानमा वैशाखी मेलाको आयोजना गरिएको वैशाखी मेला कार्य समिति फुकुओका जापानका संयोजक श्याम श्रेष्ठले बताए ।

जापानमा हाल ६० हजार नेपाली रहेको र त्यसै मध्येको चौथो ठूलो सहर फुकुओकामा पनि झण्डै ५ हजार जना नेपाली रहेको पनि श्रेष्ठले बताए । मेलामा नेपाली संस्कृति झल्किने विभिन्न वस्तुहरु प्रदर्शन गरिने र गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुराका प्रचार प्रसार गर्ने उनले बताए ।

वि.सं.२०७३ फागुन १३ शुक्रवार ११:०५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...