Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अप्रिल ८ र ९ मा वैशाखी बेला



japan phukao

काठमाण्डौं । जापानको फुकुओकामा बसोबास गर्दै आएका नेपालीहरुले गत वर्ष झैं यो वर्ष पनि वैशाखी मेलाको आयोजना गर्ने भएका छन् । तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा यही अप्रिल ८ र ९ तारिकमा हुन लागेको मेलाको विषयमा विहिबार काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
जापानमा रहेका नेपालीहरुले नयाँ वर्ष, दशैं तिहार भव्यताका साथ मनाउने गर्छन् । त्यसैलाई निरन्तरता दिन यो वर्ष पनि जापानमा वैशाखी मेलाको आयोजना गरिएको वैशाखी मेला कार्य समिति फुकुओका जापानका संयोजक श्याम श्रेष्ठले बताए ।

जापानमा हाल ६० हजार नेपाली रहेको र त्यसै मध्येको चौथो ठूलो सहर फुकुओकामा पनि झण्डै ५ हजार जना नेपाली रहेको पनि श्रेष्ठले बताए । मेलामा नेपाली संस्कृति झल्किने विभिन्न वस्तुहरु प्रदर्शन गरिने र गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुराका प्रचार प्रसार गर्ने उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम